बोलेरो दुर्घटनामा दुई जना घाइते

Published on

काठमाडौँ । पाल्पामा बलेरो दुर्घटनामापरी दुई जना घाइते भएका छन् । बुधबार बिहान साढे ९ बजेतिर पाल्पाको बगनासकाली –८, देउरालीमा लु १ च ५३७२ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । कवाडी सामान बोकेर देउरालीदेखि तानसेनतर्फ गइरहेको जिप मोतीगैरा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जिप सडकबाट ५० मिटर तल खसेको स्थानीयले बताएका छन् । दुर्घटनामा परी जिप चालक कुशल न्यौपानेसहित दुई जना घाइते भएका छन् । उहाँहरूलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...