बोलेरो दुर्घटनामा दुई जना घाइते

Published on

काठमाडौँ । पाल्पामा बलेरो दुर्घटनामापरी दुई जना घाइते भएका छन् । बुधबार बिहान साढे ९ बजेतिर पाल्पाको बगनासकाली –८, देउरालीमा लु १ च ५३७२ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । कवाडी सामान बोकेर देउरालीदेखि तानसेनतर्फ गइरहेको जिप मोतीगैरा भन्ने स्थानमा दुर्घटनामा परेको थियो । जिप सडकबाट ५० मिटर तल खसेको स्थानीयले बताएका छन् । दुर्घटनामा परी जिप चालक कुशल न्यौपानेसहित दुई जना घाइते भएका छन् । उहाँहरूलाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...