तालछेउमा कोटीहोमको अनुमति छैन : मेयर आचार्य

Published on

काठमाडौँ । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरामा कोटीहोम आयोजना गर्न अनुमति नभएको बताउनुभएको छ । पर्यटकीय नगरी पोखरामा लामो समयसम्म ध्वनि प्रदूषण हुने किसिमको कार्यक्रम सञ्चालन गर्न नदिइने बताउनुभयो । कोटीहोम गर्न स्थानीय प्रशासन, महानगर कसैले पनि स्वीकृति नलिएको भन्दै मेयर आचार्यले तालछेउमा चार महिना लामो कोटीहोम गर्न असम्भव भएको बताएका छन् । “पोखराको ताल छेउमा कोटीहोम महायज्ञ हुन सक्दैन । त्यसैमाथि प्रशासनले स्वीकृति दिएको छैन । कोटीहोमको धुँवाले वायु प्रदूषण हुन्छ, जसले हवाइ उडानलाई समेत असर गर्छ” उहाँले भन्नुभयो । मेयर आचार्यले पुम्दीकोट र सराङकोटमा महायज्ञ हुने बताउनुभयो । कोटीहोम आयोजना गर्ने भन्दै मानव सेवा फाउण्डेशनले पोखरामा रहेको वरपीपल ठुट्याएर दाउरा सङ्कलन गरेपछि पोखरा महानगर एक्सनमा आएको हो । सोही क्रममा फाउण्डेशनले उक्त दाउरा जफत गर्ने मेयर आचार्यले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...