तालछेउमा कोटीहोमको अनुमति छैन : मेयर आचार्य

Published on

काठमाडौँ । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले पोखरामा कोटीहोम आयोजना गर्न अनुमति नभएको बताउनुभएको छ । पर्यटकीय नगरी पोखरामा लामो समयसम्म ध्वनि प्रदूषण हुने किसिमको कार्यक्रम सञ्चालन गर्न नदिइने बताउनुभयो । कोटीहोम गर्न स्थानीय प्रशासन, महानगर कसैले पनि स्वीकृति नलिएको भन्दै मेयर आचार्यले तालछेउमा चार महिना लामो कोटीहोम गर्न असम्भव भएको बताएका छन् । “पोखराको ताल छेउमा कोटीहोम महायज्ञ हुन सक्दैन । त्यसैमाथि प्रशासनले स्वीकृति दिएको छैन । कोटीहोमको धुँवाले वायु प्रदूषण हुन्छ, जसले हवाइ उडानलाई समेत असर गर्छ” उहाँले भन्नुभयो । मेयर आचार्यले पुम्दीकोट र सराङकोटमा महायज्ञ हुने बताउनुभयो । कोटीहोम आयोजना गर्ने भन्दै मानव सेवा फाउण्डेशनले पोखरामा रहेको वरपीपल ठुट्याएर दाउरा सङ्कलन गरेपछि पोखरा महानगर एक्सनमा आएको हो । सोही क्रममा फाउण्डेशनले उक्त दाउरा जफत गर्ने मेयर आचार्यले बताउनुभयो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...