विश्वविद्यालय खेलकुदमा मुकेश र विनालाई स्वर्ण

Published on

काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालयका मुकेश विष्ट र त्रिभूवन विश्वविद्यालय (टियू) की विना थारुले दोश्रो विश्वविद्यालय खेलकुद महोत्सवअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा बुधबार स्वर्ण जित्नुभएको छ । मुकेश पुरुष तथा विना महिलामा च्याम्पियन बन्नुभयो । पोखरा रङ्गशालामा भएको प्रतियोगितामा मुकेशले निर्धारित दूरी ११.२२ सेकेन्डमा पूरा गर्नुभयो । ११.६५ सेकेन्ड समयमा काठमाडौँ विश्वविद्यालयका विकासकुमार शाह दोश्रो तथा ११.८४ सेकेन्ड समयमा टियूका प्रकाश जोशी तेश्रो हुनुभयो ।

विनाले निर्धारित दूरी तय गर्न १४.४० सेकेन्ड समय खर्चिनुभयो । टियूकी आकृति चौधरी १४.९० सेकेन्डमा तथा पूर्वाञ्चल विश्वविद्यालयकी प्रमिला खड्का १५.०० सेकेन्डमा पूरा गर्नुभयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष लङजम्पमा पनि मुकेशले अर्को स्वर्ण जित्नुभयो । उहाँले ६.७० मिटर जम्प गर्नुभयो । सुदूरपश्चिमकै खेमराज जोशी ५.८२ मिटर जम्प गर्दै दोश्रो तथा टियूका दिवस रेग्मी ५.५३ मिटर जम्प थर्दै तेश्रो हुनुभयो । गण्डकी विश्वविद्यालयको सह–आयोजना तथा विश्वविद्यालय अनुदान आयोगको समन्वयमा भइरहेको प्रतियोगिताको पुरुष चार सय मिटर दौडमा टियूका सुशिलकुमार बानियाँ पहिलो हुनुभयो । टियूका दिवस रेग्मी दोश्रो तथा सुदूरपश्चिमका दीपकराज भाट तेश्रो हुनुभयो ।

सोही स्पर्धाको महिलामा मधेश प्रदेश विश्वविद्यालयकी हिमाली शाहीले स्वर्ण जित्नुभयो । टियूकी राज्यलक्ष्मी रावल ले रजत तथा गण्डकीकी कृति गिरी कांस्य हात पार्नुभयो । एथलेटिक्स स्पर्धाको पहिलो दिन बुधबार पाँच स्वर्णको टुङ्गो लाग्दा सुदूरपश्चिम र टियूले समान दुई दुई स्वर्ण जितेको छ । मधेशले एक स्वर्ण जितेको छ । १० स्पर्धा समावेश एथलेटिक्सको बाँकी पाँच स्पर्धाको फाइनल बिहीबार हुनेछ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...