प्रशासन कार्यालयको टोलीद्वारा अस्पतालको अनुगमन

Published on

काठमाडौँ । यस क्षेत्रको सबैभन्दा ठुलो सरकारी अस्पतालमध्ये एक नेपालगन्जस्थित भेरी अस्पतालमा जिल्ला प्रशासन कार्यालय बाँकेको अनुगमन टोलीले अनुगमन गरेको छ । अनुगमनको क्रममा अस्पतालको ओपिडी र इमरजेन्सी विभागमा ड्युटी समयमा चिकित्सक नभेटिएको, ठुलो संख्याका बिरामीहरु प्रतिक्षामा रहेको र कर्मचारी, स्वास्थ्यकर्मी तथा चिकित्सकले समेत नियमित हाजिरी गर्ने नगरेको पाइएको अनुगमन टोलीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको नेतृत्वमा रहेको अनुगमन टोलीले अस्पतालमा पुगेर अस्पतालले प्रवाह गर्ने स्वास्थ्य उपचार सेवाको बारेमा अनुगमन गरेको हो ।

अस्पतालबाट पाइने स्वास्थ्य उपचार सेवामा लापरवाही भइरहेको र चिकित्सक ओपिडिमा कम बस्ने गरेको जस्ता गुनासाहरु प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । उहाँले अनुगमनको क्रममा अस्पतालका कर्मचारी, चिकित्सक र अन्य स्वास्थ्यकर्मीले नियमित हाजिरी गर्ने नगरेको पाउनुका साथै अस्पतालको ओपिडी र इमरजेन्सीमा ड्युटीकै समयमा पनि केही चिकित्सक अनुपस्थित रहेको पाइएको बताउनुभयो । अस्पतालमा चिकित्सकको काम गर्ने समयतालिका तयार नभएको पाइएको पनि अनुगमनका क्रममा देखिएको सहायक प्रमुख जिल्ला अधिकारी खत्रीले बताउनुभयो । अनुुगमन टोलीले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीसँग पनि अस्पतालको सेवा प्रवाहबारे छलफल गरेको र देखिएको कमीकमजोरीलाई यथाशिघ्र सच्चाउन निर्देशन दिइएको जनाएको छ ।

अस्पतालको अनुगमनको क्रममा दिउँसो २ बजे अस्पताल ओपिडिमा पुग्दा अधिकांश चिकित्सकहरु बाहिर निस्केको र ठुलो संख्याका बिरामीहरु प्रतिक्षामा रहेको देखिएको पाइएको अनुगमन टोलीमा रहनु भएका भेरी अस्पताल विकास समितिका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले अस्पतालको ओपिडिमा चिकित्सक बस्ने समय बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म भए पनि २ बजे अधिकांश चिकित्सक आफ्नो कोठामा नभेटिएको बताउनुभयो । प्रतिक्षामा रहेका बिरामीहरुले दुई घण्टादेखि चिकित्सकलाई कुरिरहेको गुनासो गरेका थिए । अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, अस्पताल विकास समितिका पूर्व सदस्य कृष्णप्रसाद श्रेष्ठ, उपभोक्ता मञ्चका बसन्त गौतम, स्वास्थ्य कार्यालय बाँकेका कृष्णप्रसाद उपाध्याय र जिल्ला प्रशासन कार्यालय बाँकेका नासु दिपशरण बुढाथोकीलगायत पत्रकारको सहभागिता रहेको थियो ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...