क्याप्टेन वेद उप्रेतीको ‘पाइलट प्रेम’ पुस्तक विमोचन

Published on

अरुण डगौरा । क्याप्टेन वेद उप्रेतीको नयाँ पुस्तक ‘पाइलट प्रेम’ विमोचन गरिएको छ । बिहिबार महेन्द्रनगरको एभिएसन म्युजियममा भएको एक कार्यक्रममा उनले आफ्नो पुस्तक विमोचन गरेका हुन् । उप्रेतीले आफ्नो पाइलट जीवनमा आधारित ‘पाइलट प्रेम’ उपन्यास उक्त कार्यक्रममा विमोचन गरेका हुन् ।

उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा रहेका सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. हेमराज पन्तले पुस्तक विमोचन गर्दै क्याप्टेन उप्रेतीको उल्लेखनीय प्रशंसा गर्नुभयो । यसैगरी उप्रेतीको उल्लेखनीय काम र योगदानले आफ्नो जन्मभूमिमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा नै नाम राख्न सफल भएको सुदूरपश्चिम विश्वविद्यालय सिनेट सदस्य डा. कृष्णदत्त जोशीले बताउनुभयो ।

यसअघि उप्रेतीले भू—स्वर्ग परिकल्पना ‘सुदूरपश्चिम नेपाल’ पुस्तक बजारमा ल्याएका थिए ।

नेपालको सुन्दर सुदूरपश्चिममा जन्मिएका क्याप्टेन वेद उप्रेती तिन दशकभन्दा बढि समयदेखि उडानमा छन् । जवाहरलाल नेहरु विश्वविद्यालयबाट ग्य्राजुयसन र त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उप्रेतीले अमेरिका, भारत, फ्रान्स, थाइल्यान्ड, सिङ्गापुर आदि देशबाट उडानसम्बन्धी तालिम लिएका छन् । नेपाल, भारत, इन्डोनेसिया, बङ्लादेश आदि देशका विभिन्न एयरलाइन्समा प्रशिक्षक पाइलट उप्रेतीले सयभन्दा बढि देशको यात्रासँगै लेखन र फोटोग्राफीका समेत पहिचान बनाएका छन् । दर्जन पुस्तक लेखेका उप्रेतीका ‘एभरेस्ट फ्रम द एयर’, ‘थ्री सिक्स्टी डिग्री एभरेस्ट फ्रम अ पाइलट्स् आइ भ्यू’, ‘नेपाल फ्रम द स्काई’ पुस्तक प्रसिद्ध छन् भने महेन्द्रनगर र काठमाडौँमा एभिएसन म्युजियम पनि सञ्चालन गरिरहेका छन् ।

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...