झाडी फाँडेर १४० रोपनीमा ओखरखेती

Published on

काठामडौँ । बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखरखेती थालेका छन् । उनीहरुले एक सय ४० रोपनीमा दुई हजार २०० ओखरका बिरुवा हुर्काएका छन् । दुर्लेनी सामुदायिक कृषि तथा जडीबुटी समूहमार्फत ओखरखेती थालेको समूहका अध्यक्ष देवबहादुर खड्काले जानकारी दिनुभयो । हाल ओखरखेतीमा १७ जना युवक संलग्न छन् ।

ओखरखेतीका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बागलुङले पनि सहयोग गरेको छ । ओखर फलाउन किसानको रु. १४ लाख र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट रु. १० लाख अनुदान गरी रु. २४ लाख लगानी भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख नारायण पौडेलले उर्लेनी क्षेत्र ओखरखेतीका लागि उपयुक्त रहेको र किसानले माग गरेअनुसार अनुदान उपलब्ध गराएको बताउनुभयो । “परियोजनाले कश्मिरी लोकल र थिन्सेल जातको बिरुवा सिफारिस गरेको थियो, उहाँहरुले बैतडीबाट बिरुवा ल्याएर लगाउनुभएको छ, बिरुवा हुकिएका छन्”, उहाँले भन्नुभयो । रासस

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...