‘शिक्षा क्षेत्र देश विकासका लागि महत्त्वपूर्ण’

Published on

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिक्षा देश विकासको महत्त्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । शिक्षादीप कलेज विराटनगरद्वारा आज यहाँ आयोजित सूचना प्रविधि कार्यशाला गोष्ठीको समापनमा उहाँले सूचना प्रविधिसम्बन्धी ‘इनोभेशन’लाई व्यावसायीकरण गर्नु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले तीनै तहका सरकारले विद्यार्थीहरूका नयाँ अविष्कारलाई सहयोग गरी प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले विकासको परिभाषा बाटो, पुल र भवनमात्र नभई मानव संसाधन, सूचना प्रविधिको विकास महत्त्वपूर्ण रहेको धारणा राख्नुभयो ।

उहाँले विद्यार्थीहरूको सूचना प्रविधि आविष्कारलाई बजारीकरण गरी राष्ट्रिय पुँजी टेवा पुर्‍याउन सकिने विश्वास व्यक्त गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सूचना प्रविधिको विकासले मुलुकमा विदेशी मुद्रा आर्जन गर्न सक्ने बताउनुभयो । सो अवसरमा मुख्यमन्त्री कार्कीले विद्यार्थीद्वारा निर्मित हवाईजहाज, संवाद गर्नसक्ने रोबोटलगायत आविष्कारको अवलोकन गर्नुभएको थियो । रासस

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...