‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

Published on

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद रूक्मिणी कोइरालाले झापा, मोरङ, सुनसरी र उदयपुरमा जङ्गली हात्ती आतङ्कले जनता त्रसित भएको जनाउँदै तत्काल नियन्त्रणका उपाय अपनाउन सरकारसँग माग गर्नुभयो । उहाँले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा सीमावर्ती भारतीय क्षेत्रबाट ठुलो सङ्ख्यामा गाई आएर बस्दा चरन अभावमा त्यहाँ रहेका अर्नालगायत वन्यजन्तुले मध्यवर्ती क्षेत्रका स्थानीय जनताका बालीनाली नष्ट गरेकाले सोसम्बन्धी समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद विष्णुदेवी पुडासैनीले बाँदर आतङ्कका कारण देशका अधिकांश क्षेत्रका किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएको जनाउँदै बाँदर नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो । “बाँदर नियन्त्रणमा सहयोग गर्ने हो भने बाँझो जग्गाबाट आयआर्जन र रोजगारी सृजना गर्न सकिन्छ, बाँदर आतङ्क भएका क्षेत्रमा अदुवा, लसुन, सिस्नुलगायत उच्चमूल्यका खेती गर्न सरकारले प्राविधिक सहायता गर्नुपर्छ ।” सांसद कृष्णप्रसाद अधिकारीले अनुचितले लेनदेन समस्या समाधानका लागि अघिल्लो सरकारले गठन गरेको मिटरब्याजी जाँचबुझ आयोग राजनीतिक प्रतिशोधका कारण विघटनको सङ्घारमा पुगेको जनाउँदै आयोगलाई पुनः सक्रिय बनाएर मिटरब्याजी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रेणु चन्दले अछाममा दुई किशोरीको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गर्नुभयो । सांसदहरू सांसद जितजङ्ग बस्नेत, पदमबहादुर परियार, मनरूपा शर्मा, विष्णुकुमारी सापकोटा र सावित्री मल्ललगायतले महँगी निन्यन्त्रणसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...