‘हात्ती र बाँदर आतङ्क नियन्त्रण गरौँ’

Published on

काठमाडौँ । सांसदहरूले पूर्वी नेपालमा जङ्गली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतङ्क नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद रूक्मिणी कोइरालाले झापा, मोरङ, सुनसरी र उदयपुरमा जङ्गली हात्ती आतङ्कले जनता त्रसित भएको जनाउँदै तत्काल नियन्त्रणका उपाय अपनाउन सरकारसँग माग गर्नुभयो । उहाँले कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा सीमावर्ती भारतीय क्षेत्रबाट ठुलो सङ्ख्यामा गाई आएर बस्दा चरन अभावमा त्यहाँ रहेका अर्नालगायत वन्यजन्तुले मध्यवर्ती क्षेत्रका स्थानीय जनताका बालीनाली नष्ट गरेकाले सोसम्बन्धी समस्या समाधान गर्न माग गर्नुभयो ।

सांसद विष्णुदेवी पुडासैनीले बाँदर आतङ्कका कारण देशका अधिकांश क्षेत्रका किसानहरू खेतीयोग्य जमिन बाँझै छाड्न बाध्य भएको जनाउँदै बाँदर नियन्त्रणमा सहयोग गर्न आग्रह गर्नुभयो । “बाँदर नियन्त्रणमा सहयोग गर्ने हो भने बाँझो जग्गाबाट आयआर्जन र रोजगारी सृजना गर्न सकिन्छ, बाँदर आतङ्क भएका क्षेत्रमा अदुवा, लसुन, सिस्नुलगायत उच्चमूल्यका खेती गर्न सरकारले प्राविधिक सहायता गर्नुपर्छ ।” सांसद कृष्णप्रसाद अधिकारीले अनुचितले लेनदेन समस्या समाधानका लागि अघिल्लो सरकारले गठन गरेको मिटरब्याजी जाँचबुझ आयोग राजनीतिक प्रतिशोधका कारण विघटनको सङ्घारमा पुगेको जनाउँदै आयोगलाई पुनः सक्रिय बनाएर मिटरब्याजी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रेणु चन्दले अछाममा दुई किशोरीको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गर्नुभयो । सांसदहरू सांसद जितजङ्ग बस्नेत, पदमबहादुर परियार, मनरूपा शर्मा, विष्णुकुमारी सापकोटा र सावित्री मल्ललगायतले महँगी निन्यन्त्रणसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस

ताजा समाचार

प्रदेश र स्थानीय सरकारलाई सबल बनाउनुपर्नेमा सभामुखको जोड

काठमाडौँ । सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनको यात्रामा निरन्तर बहस र संवाद अपरिहार्य छ...

मुस्ताङको थासाङबाट देखिएको धौलागिरि

काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित बोक्सी खोला बजार, सेताम्मे धौलागिरि हिमाल पृष्ठभूमि आसपासका...

ट्रकभित्र च्यापिएर मजदूरको मृत्यु

काठमाडौँ । रुकुमपश्चिमको चौरजहारीमा ट्रकभित्रै च्यापिएर एक मजदूरको मृत्यु भएको छ । शुक्रबार दिउँसो...

गोरखापत्र संस्थानको बोर्ड सदस्यमा पोखरेल र चौधरी नियुक्त

काठमाडौँ । गोरखापत्र संस्थान सञ्चालक समिति सदस्य (बोर्ड सदस्य) मा दुई जना नियुक्त हुनुभएको...