गृहमन्त्री लेखकद्वारा तीन वटा विधेयक प्रतिनिधिसभामा पेस

Published on

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभा बैठकमा तीन वटा विधेयक पेस गर्नु भएको छ । गृहमन्त्री लेखकले ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’, ‘नेपाल प्रहरी विधेयक, २०८१’ र ‘शसस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१’ बैठकमा पेस गर्नु भएको हो । नागरिकता प्राप्त गर्ने व्यवस्थालाई थप व्यवस्थित बनाउन र नागरिकता प्रदान गर्ने विषयमा अदालतबाट विभिन्न समयमा भएका आदेशसहितको विषयलाई सम्बोधन गरी ‘नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८१’ संसदमा पेस भएको छ । यस्तै ‘नेपाल प्रहरी विधेयक, २०८१’ ले प्रहरी ऐन, २०१२ मा व्यवस्था भएका कानुनी प्रावधानहरूलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरेको छ । यसैगरी ‘शसस्त्र प्रहरी बल नेपाल विधेयक, २०८१’ ले पनि सशस्त्र प्रहरी ऐन, २०५८ मा व्यवस्था भएका कानुनी प्रावधानलाई समयसापेक्ष परिमार्जन एवं संशोधन गरेको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...