स्याङ्जामा लक्ष्यभन्दा बढीले लगाए एचपिभी खोप

Published on

काठमाडौँ । स्याङ्जामा लक्ष्यभन्दा बढीले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि निः शुल्क एचपिभी खोप लगाएका छन् । यहाँका नौ हजार ३१९४ जना बालिका र किशोरीले एचपिभी खोप लगाउने तथ्याङक सङ्कलन गरिएकोमा सो भन्दा ७५ जना बढीले खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । यहाँ माघ २२ गतेदेखि २८ गतेसम्म समय तोकिएकोमा जिल्लाका एघार वटै पालिकामा गरी १००.८ प्रतिशत बालिका र किशोरीलाई एचपिभी खोप लगाएका हुन् । यहाँ लक्ष्य भन्दा कम पुतलीबजारमा ९८.८, वालिङ्मा ९८.३, चापाकोट नगरपालिकामा ९९.९ र बिरुवामा ९९.५ प्रतिशतले खोप लगाएकोमा अन्य पालिकामा भने बढीले खोप लगाएको कार्यालय प्रमुख केशब चापागाईले बताउनुभयो ।

यहाँको भीरकोटमा १००.८, गल्याङमा १०१.५, फेदीखोला गाउँपालिकामा १०२.८, आँधीखोलामा १००.५, अर्जुनचौपारीमा १०२.१, हरिनासमा १०३ र कालीगण्डकीमा १११.७ प्रतिशत बालिका तथा किशोरीलाई खोप दिइएको हो । खोप अभियानमा पुतलीबजार नगरपालिकामा एक हजार छ सय ९९ जना, भीरकोट नगरपालिकामा आठ सय ४० जना, वालिङ् नगरपालिकामा एक हजार नौ सय ४७ जना, गल्याङ नगरपालिकामा एक हजार एक सय २८, चापाकोट नगरपालिकामा आठ सय ८९ जना किशोरीलाई खोप लगाइएको हो । यस्तै अर्जुनचौपारी गाउँपालिकामा चार सय ४६ जना, फेदीखोला गाउँपालिकामा चार सय ७७ जना, बिरुवा गाउँपालिकामा चार सय २४ जना, हरिनास गाउँपालिकामा चार सय ७५ जना, कालीगण्डकी गाउँपालिकामा छ सय ६८ जना र आँधीखोला गाउँपालिकाका चार सय १ जना किशोरीलाई एचपिभी खोप लगाइएको चापागाईले बताउनुभयो ।

जिल्लाभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीले खोप लगाएको चापागाईले बताउनभयो । उहाँले खोप अझै कार्यालयमा रहेको र लक्ष्य नपुगेको पालिकामा अझै खोजी गरेर लगाउने प्रयास गरिने बताउनुभयो । महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा सञ्चालित ३१९ वटा खोप केन्द्रबाट एचपिभी खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...