पर्यटन प्रवर्द्धन गर्न देवचुलीमा महोत्सव

Published on

काठमाडौँ । नवलपुरको दलदलेमा देवचुली महोत्सव हुने भएको छ । पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण तथा मनोरञ्जनलाई प्राथमिकतामा राखी महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय, समृद्ध र समुन्नत नगरको उदय भन्ने मूल नाराका साथ पाँचौ देवचुली महोत्सव हुने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई देवचुली क्षेत्रको विशेषता बुझाउने, स्थानीय उत्पादन तथा सेवाहरू प्रवर्द्धन गर्ने, व्यवसायीलाई व्यवसाय विस्तारका लागि अवसर प्रदान गर्ने मुख्य लक्ष्य रहेको संघका संस्थापक अध्यक्ष धर्मदत्त बस्यालले बताउनुभयो ।

महोत्सवमा स्थानीय उत्पादन प्रदर्शनी, व्यापारिक स्टल, कृषि मेला, बाल उद्यान, खेलकुद प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम लगायतका विशेष आकर्षण रहनेछन् । व्यापारिक, कृषि पर्यटन, शिक्षा, स्वास्थ गरी १५० वटा स्टल रहने देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यप्रसाद दवाडीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। महोत्सवबाट करिब १५ करोड रुपैयाँ बराबरको व्यापारिक कारोबार हुने र एक लाख ५० हजार दर्शकले मेलामा प्रत्यक्ष अवालेकन गर्ने अनुमान रहेको उहाँले बताउनुभयो । जातिय विभेद, सामाजिक कुरीति र विसंगतिको न्यूनीकरण गरि अन्त्य गर्ने अभियानको शुभारम्भ गर्ने, व्यापारिक प्रतिष्ठानहरुलाई बालश्रम मुक्त बनाउने, साथै देवचुली, वरचुली डाँडा र नारायणी नदी किनारका क्षेत्रलाइ धार्मिक पर्यटकिय गन्तव्यको रुपमा विकास हुने अपेक्षा लिएको दवाडीले बताउनुभयो ।

महोत्सवमा बालमैत्री सामग्री प्रदर्शन, संग्राहलय प्रदर्शनी, विज्ञान कला र प्रदर्शनी, जातीय पहिचान झल्कने घर सामग्री प्रदर्शनी, हस्तकला प्रदर्शनी, लगायतका आकर्षणहरू रहने बताइएको छ । उद्योग वाणिज्य संघ देवचुलीको आयोजनामा पाचौँ देवचुली महोत्सव फागुन १२ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने आयोजक देवचुली उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...