नाम्खा गाउँपालिका र स्तुपा सामुदायिक अस्पतालबिच सम्झौता

Published on

काठमाडौँ । हिमाली जिल्लाको नाम्खा गाउँपालिका र राजधानीको स्तुपा सामुदायिक अस्पतालबिच उपचारमा विशेष छुट लिने सम्झौता भएको छ । नाम्खा गाउँपालिकाका बिरामीहरुलाई उपचारमा विशेष छुट दिने व्यवस्थाका लागि गाउँपालिका र अस्पतालबिच सम्झौता भएको हो । गाउँपालिका अध्यक्ष प्रेमबहादुर लामाले गाउँपालिकाभित्रका स्थानीय बिरामी भए उपचारमा छुट दिने व्यवस्थाबारे काठमाडौंको चुच्चेपाटीस्थित स्तुपा सामुदायिक अस्पतालसँग सम्झौता भएको जानकारी दिनुभयो ।

सो सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष लामा र अस्पतालको तर्फबाट निर्देशक पेम्बा लामाले हस्ताक्षर गर्नुभएको छ । सम्झौता लागू भएसँगै अब नाम्खा गाउँपालिकावासीले सो अस्पतालमा उपचारका लागि जाँदा विशेष छुट पाउनेछन् । सम्झौता पत्रमा उल्लेख भए बमोजिम ओपिडीमा उपचार गर्ने बिरामीले २५ प्रतिशतसम्म छुट पाउनेछन् । यसैगरी बिरामीको इन्भेष्टिगेशन गर्दा पनि २५ प्रतिशत नै छुट पाउने व्यवस्था गरिएको छ । यता सर्जरीलगायत अन्य उपचारमा १५ प्रतिशत छुट र बेड शुल्मा २५ प्रतिशत छुट पाउने व्यवस्था छ । गाउँपालिका र अस्पतालबिच एक एक वर्षका लागि उक्त सम्झौता गरिएको हो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...