सिमेन्ट उद्योगीले आफूखुसी मूल्य बढाएका होइनन् : उद्योगमन्त्री भण्डारी

Published on

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सिमेन्ट उद्योगीहरूले आफूखुसी सिमेन्टको मूल्य नबढाएको दाबी गर्नुभएको छ । मङ्गलबार राष्ट्रियसभाअन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति बैठकमा बोल्नुहुँदै उद्योग मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘‘उद्योगीहरूले आफूखुसी मूल्य बढाएको होइन । उद्योग जोेगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने समितिले निर्देशन गरोस् । सरकारले मान्छ । घाटा खाएर कुनैपनि उद्योगले व्यापार गर्दैन । घरबाट पैसा हालेर सिमेन्ट उत्पादन गरेर बिक्री गर्दैन ।’’ उहाँले उत्पादन लागतमा वृद्धिको साथै लोडसेडिङका कारण सिमेन्ट उद्योगीहरुले मूल्यवृद्धि गरेको उल्लेख गर्नुभयो । उहाँले सांसदहरूले लोडसेडिङ छैन भने पनि प्राधिकरणले तालिका बनाएर उद्योगहरूलाई दिएको दाबी गर्नुभयो ।

‘‘विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका दिएको छ । विद्युत् प्राधिकरणलाई बोलाउनुस् । मूल्यवृद्धि भएको बेलामा लोडसेडिङ कति भयो । त्यसको तालिका प्राधिकरणले राखेको छ । विद्युत् प्राधिकरण सरकारभन्दा बाहिरको निकाय होइन । उद्योगको लागत मूल्याङ्कनका लागि समिति बनेको छ । सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयास गरिरहेको छ ।,’’ मन्त्री भण्डारीले भन्नुभयो, ‘‘मूल्य वृद्धि घटेको छ । सरकारले घटाउने प्रयास गरिरहेको छ । सिमेन्टको मूल्यवृद्धि लोडसेडिङको कारणले पनि भयो । तामाकोशी बाढीले क्षति हुँदा उत्पादन कम भयो भनेर प्राधिकरणले स्वीकार गरेको छ ।’’ उद्योगमन्त्री भण्डारीले विद्युत् प्राधिकरण सरकारभन्दा बाहिरको निकाय नभएको बताउनुभयो । उहाँले उद्योगको लागत मूल्याङ्कन गर्नेगरी समिति बनाएको उल्लेख गर्नुभयो । उहाँले सरकारले सिमेन्टको मूल्यवृद्धि रोक्ने प्रयासले मूल्य वृद्धि घटेको बताउनुभयो । उहाँले सरकारले उद्योग जोेगाउने र मूल्य वृद्धि पनि नियन्त्रण गरी जनतालाई पनि राहत प्रदान गर्ने गरी काम गरिरहेको जानकारी दिनुभयो । उहाँले घाटा खाएर कुनै पनि उद्योगले सिमेन्ट उत्पादन गरेर व्यापार नगर्ने बताउनुभयो । सरकारले पटक–पटक उद्योगी, व्यवसायी र निर्माण व्यावसायीहरूसँग छलफल गरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘सिमेन्टको मूल्य वृद्धिको विषयमा मन्त्रालय गम्भीर छ । मन्त्रालयले पटक–पटक सिमेन्ट उत्पादक सङ्घसँग बसेर छलफल गरेका छौं । बाहिर बजारमा शतप्रतिशत बढ्यो भन्ने पनि छ । त्यो पनि सत्य होइन । विभिन्न उत्पादकका फरक मूल्य छन् । नेपाल सरकारको लगानीमा सञ्चालनमा रहेका उदयपुर र हेटौँडा सिमेन्ट उद्योग पनि सरकारले पूर्णरूपमा सञ्चालन गर्न सकिरहेका छैनौं । एक सय रुपियाँभन्दा बढी घाटा छ । सिमेन्ट उद्योगसँग ११५ रुपियाँभन्दा बढी मूल्य नबढाउने सहमति हो ।’’ समितिमा उद्योगमन्त्री र सांसदहरूबिच दोहोरो संवाद समेत भएको छ । मन्त्रीले समेन्टको मूल्यवृद्धि लोडसेडिङका कारणले भएको भनेर समितिमा जानकारी दिएसँगै दोहोरो संवाद भएको हो । सांसदहरूले समितिले सिमेन्ट उद्योगीहरूले गरेको मूल्यवृद्धिलाई सघाउन नसक्ने मन्त्रीलाई जानकारी गएका थिए ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...