अगाडि आएको अवसरलाई अधिकतम उपयोग गरौं : उपप्रधानमन्त्री सिंह

Published on

काठमाडौँ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपालमा शिक्षा क्षेत्रमा पहिले भन्दै धेरै सुधार भएको बताउनुभएको छ । बुधबार नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) पाटन संयुक्त क्याम्पस एकाइले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिले राम्रो विषय पढ्नका लागि नेपालमै सम्भव भएको भन्दै देशभित्रै बसेर पनि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिने बताउनुभयो । उहाँले आफू विद्यार्थी हुँदा अध्ययनका लागि सीमित विषय मात्र रहे पनि अहिले विद्यार्थीहरूका लागि विषय छनोटमा धेरै विकल्प रहेको पनि बताउनुभयो ।

‘‘अहिले शिक्षाको गुणस्तरलाई लिएर प्रश्न गरिन्छ । अहिले तपाईंहरूसँग अध्ययनका लागि यति धेरै मल्टिपल च्वाइसेसहरू छन् । पहिले त त्यति थिएन ।,’’ उपप्रधानमन्त्री सिंहले भन्नुभयो । उहाँले आफ्नो बेलामा राम्रो विद्यार्थी विज्ञान, त्यसपछि कमर्स र आर्टसको विकल्प नभएको स्मरण गर्दै भन्नुभयो, ‘‘अहिले संसारका राम्रा राम्रा विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम नेपालकै विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढाइ भइरहेको छ ।’’ उहाँले अहिले विद्यार्थीले देशभित्रै धेरै विषय रोजेर पढ्न सक्ने अवस्था बनेको बताउँदै प्राप्त अवसरको देशभित्रै बसेर सदुपयोग गर्नेतर्फ ध्यान दिन पनि सुझाव दिनुभयो ।

त्यस्तै उहाँले आफ्नो अगाडि आएको अवसरलाई अधिकतम उपयोग गरेर आफ्नो लक्ष्य हासिल गर्नेतर्फ ध्यान दिनुपर्नेमा पनि जोड दिनुभयो । नभएका कुरामा गुनासो मात्र गर्नेभन्दा भएका कुरालाई उपयोग गर्नुपर्नेमा उहाँको भनाइ थियो । किन भएन भनेर प्रश्न गर्न पाइने भन्दै उहाँले आफ्नो भविष्य निर्माणका लागि प्राप्त कुराहरूको अधिकतम सदुपयोग गर्नेतर्फ पनि सोच्न सुझाव दिनुभयो । ‘‘भइरहेको कुरालाई त्यति महत्त्व नदिने तर नभएको कुरालाई यसो भएन, किन भएन भनेर मात्र भएन । मेरो भनाइ के हो भने करियर बनाउने तपाईंहरूको जुन लक्ष्य छ । त्यसलाई पूरा गर्न अध्ययन गरिरहनुभएको छ । यसलाई अधिकतम सदुपयोग गरेर मेहन गरेर आफ्नो करियर स्थापित गर्न लाग्नुहोस् ।,’’ उहाँले भन्नुभयो । पाटन संयुक्त क्याम्पसमा नेविसङ्घको पहलमा बनेको पुस्तकालय उपप्रधानमन्त्री सिंहले हस्तान्तरण गर्नुभयो ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...