सामाजिक सञ्जाल मर्यादित भए अपराध कम हुन्छ : महासचिव पोखरेल

Published on

काठमाडौँ । नेपका (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा तथ्य र सत्यका पक्षमा लेख्न आग्रह गर्नुभएको छ । उहाँले बुधबार सामाजिक सञ्जालमार्फत सो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जाललाई मर्यादित बनाउन सके धेरै अपराधहरु कम हुनसक्ने उहाँले बताउनुभयो । तथ्य र सत्यका पक्षमा किन कोही वोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नुभन्दा आफै अघि सरेर सत्य र तथ्य लेखेमा आफै बलियो हुने धारणा राख्नुभयो । उहाँले लेख्नुभएको छ, “आफू सत्य र तथ्यमा प्रस्तुत हुँदा अरुलाई पनि सत्यमा अघि सर्न प्रेरित गर्दछ । सामाजिक सञ्जाल आफैमा राजमार्गजस्तै हो । यसले सूचना प्रवाहका लागि पुलको रुपमा काम गर्छ ।” सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ । घरभित्र बसेको मान्छे सडकमा नदेखिएजस्तै सामाजिक सञ्जालमा असल मानिसहरु नआउँदासम्म आएका खराव मान्छेहरु देखिने महासचिव पोखरेलको भनाइ छ । “सामाजिक सञ्जालमा असल मानिसहरु सक्रिय भएमा अराजकता, अशिष्टता र साइवर अपराध क्रमशः कम भएर जान्छ” उहाँले भन्नुभयो ।

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...