सामाजिक सञ्जाल मर्यादित भए अपराध कम हुन्छ : महासचिव पोखरेल

Published on

काठमाडौँ । नेपका (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा तथ्य र सत्यका पक्षमा लेख्न आग्रह गर्नुभएको छ । उहाँले बुधबार सामाजिक सञ्जालमार्फत सो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जाललाई मर्यादित बनाउन सके धेरै अपराधहरु कम हुनसक्ने उहाँले बताउनुभयो । तथ्य र सत्यका पक्षमा किन कोही वोल्दैनन् र लेख्दैनन् भनेर सामाजिक सञ्जालमा प्रश्न गर्नुभन्दा आफै अघि सरेर सत्य र तथ्य लेखेमा आफै बलियो हुने धारणा राख्नुभयो । उहाँले लेख्नुभएको छ, “आफू सत्य र तथ्यमा प्रस्तुत हुँदा अरुलाई पनि सत्यमा अघि सर्न प्रेरित गर्दछ । सामाजिक सञ्जाल आफैमा राजमार्गजस्तै हो । यसले सूचना प्रवाहका लागि पुलको रुपमा काम गर्छ ।” सडकको यात्रामा जो निस्कन्छ त्यही देखिन्छ । घरभित्र बसेको मान्छे सडकमा नदेखिएजस्तै सामाजिक सञ्जालमा असल मानिसहरु नआउँदासम्म आएका खराव मान्छेहरु देखिने महासचिव पोखरेलको भनाइ छ । “सामाजिक सञ्जालमा असल मानिसहरु सक्रिय भएमा अराजकता, अशिष्टता र साइवर अपराध क्रमशः कम भएर जान्छ” उहाँले भन्नुभयो ।

ताजा समाचार

कोशी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’

काठमाडौँ । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी...

कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

काठमाडौँ । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ...

ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयद्वारा आगजनी

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा...