पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

Published on

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर मनाउने कार्य भएको छ।पाँच दिन लगातार धामी र झाँक्रीले एक छाके व्रत बस्ने माघ पूर्णिमा बुधबार अन्तिम दिन हो। धामी र झाँक्रीलाई तीन दिन नाच्नुपर्ने र सो क्रममा कुनै बिमार नलागोस् भनेर व्रत बस्नुपरेको सिमकोट गाउँपालिका–२ का लक्ष्मण बोहराले बताउनुभयो। धामी झाँक्रीले एकादशीबाट पूर्णिमासम्म लगातार एकछाके व्रत बस्नुपर्ने माघे पूर्णिमाको धामी नाच हुने उहाँले बताउनुभयो।धामी र झाँक्रीले यो पाँच दिनसम्म अनिवार्य व्रत बस्नैपर्ने स्थानीय नियम रहेको बताउँदै उहाँले त्यो बेला भात र दुध दही मात्र खाने गरेको जानकारी दिए।

विशेष गरेर धामीले त्रयोदशीबाट पूर्णिमासम्म तीन दिन लगातार नाच्नुपर्ने भएको कारण व्रत बस्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । व्रत नबसे धामीलाई नाच्ने क्रममा कुनै बिराम वा बेथा लागे राम्रो नहुने विश्वास छ । ठेहे गाउँका धामी र झाँक्री गाउँबाट बाजागाजासहित रामपाल माडुमा जाने र सो माडुमा पालैपालो नाच्ने गर्नुहुन्छ। वर्षभर देवी देवतासँग भाकल गरिएको खसी वली, चौंरी गाई, घोडा पनि चढाउने गरिन्छ। यसका लागि हुम्ला जिल्लाभरका र दार्चुला जिल्लाका ब्यासी समुदाय पनि आउने गर्नुहुन्छ।दिउँसो धामी नाच्ने, पूजापाठ गर्ने र राति महिला पुरुष मिलेर देउडा गाउने गरिन्छ।पूजापाठ गर्न रमाइलो मनाउन बाहिरबाट आएका पाहुनालाई पालो लगाएर घरघरमा खाना खुवाउने गरिन्छ ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...