पाँच दिन व्रत बसेर धामी नाच्ने माघ पूर्णिमा

Published on

काठमाडौँ । जिल्लामै घना बस्ती रहेको ठेहे गाउँमा मानिँदै आएको माघे पूर्णिमा धामी नाचेर मनाउने कार्य भएको छ।पाँच दिन लगातार धामी र झाँक्रीले एक छाके व्रत बस्ने माघ पूर्णिमा बुधबार अन्तिम दिन हो। धामी र झाँक्रीलाई तीन दिन नाच्नुपर्ने र सो क्रममा कुनै बिमार नलागोस् भनेर व्रत बस्नुपरेको सिमकोट गाउँपालिका–२ का लक्ष्मण बोहराले बताउनुभयो। धामी झाँक्रीले एकादशीबाट पूर्णिमासम्म लगातार एकछाके व्रत बस्नुपर्ने माघे पूर्णिमाको धामी नाच हुने उहाँले बताउनुभयो।धामी र झाँक्रीले यो पाँच दिनसम्म अनिवार्य व्रत बस्नैपर्ने स्थानीय नियम रहेको बताउँदै उहाँले त्यो बेला भात र दुध दही मात्र खाने गरेको जानकारी दिए।

विशेष गरेर धामीले त्रयोदशीबाट पूर्णिमासम्म तीन दिन लगातार नाच्नुपर्ने भएको कारण व्रत बस्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । व्रत नबसे धामीलाई नाच्ने क्रममा कुनै बिराम वा बेथा लागे राम्रो नहुने विश्वास छ । ठेहे गाउँका धामी र झाँक्री गाउँबाट बाजागाजासहित रामपाल माडुमा जाने र सो माडुमा पालैपालो नाच्ने गर्नुहुन्छ। वर्षभर देवी देवतासँग भाकल गरिएको खसी वली, चौंरी गाई, घोडा पनि चढाउने गरिन्छ। यसका लागि हुम्ला जिल्लाभरका र दार्चुला जिल्लाका ब्यासी समुदाय पनि आउने गर्नुहुन्छ।दिउँसो धामी नाच्ने, पूजापाठ गर्ने र राति महिला पुरुष मिलेर देउडा गाउने गरिन्छ।पूजापाठ गर्न रमाइलो मनाउन बाहिरबाट आएका पाहुनालाई पालो लगाएर घरघरमा खाना खुवाउने गरिन्छ ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...