९ वटा क्रसर उद्योगको विद्युत लाइन काटियो

Published on

काठमाडौँ । धनुषाको मिथिला नगरपालिकामा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगहरुको विद्युत् आपूर्ति बन्द गरिएको छ । जिल्ला अनुगमन समितिको निर्देशनमा पालिकाकाभित्र सञ्चालित नौ वटा क्रसर उद्योगको लाइन काटिएको हो । मिथिला नगरपालिकास्थित औरही खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन, निकासी र दोहन भइरहेको गुनासो बढ्दै गएपछि सरोकारवालाहरुको टोलीले स्थलगत अनुगमन गर्दै अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगमा जडान गरिएको विद्युत् आपूर्ति बन्द गरेको छ ।

बिहीबार बिहान जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल नेतृत्वको अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्का, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख उपअनुसन्धान निर्देशक गणेश आचार्य, स्थानीय जनप्रतिनिधिलगायत स्थानीय गरी करिब दुई जनाको सहभागिता थियो । अनुगमन टोलीले औरही खोलामा पुगेर त्यहाँ भइरहेको नदीजन्य पदार्थको दोहनबारे जानकारी लिएको थियो । निरीक्षणका क्रममा धेरैजसो क्रसर उद्योगले प्रारम्भिक वातावरणीय परीक्षण अनुसारका मापदण्ड पालना नगरेको धनुषाका प्रमुख जिल्ला अधिकारी कडरियाले बताउनुभयो ।

सरकारी नियमावली विपरीत सञ्चालित उद्योगहरूको गतिविधि नियन्त्रण गर्न अनुगमन टोलीले विद्युत् आपूर्ति काट्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगहरूमा सञ्चित सामग्रीहरूको स्रोत र तिनको वैधता प्रमाणीकरण नगर्दासम्म ओसारपसार रोक्न निर्देशन दिएका छन् । स्थानीय तहसँग समन्वय गरी आवश्यक प्रमाणीकरण प्रक्रियाहरू पूरा गरेपछि मात्र क्रसर सञ्चालन गर्न दिने नीति अपनाइने उहाँले बताउनुभयो । सरकारको नियम उल्लङ्घन गरेको र वातावरणीय मापदण्ड पूरा नगरेको पाइएको हुँदा यस्ता उद्योगहरूमाथि थप कारबाही अघि बढाइने जनाइएको छ । अब कानुनी प्रक्रिया पूरा नगर्ने कुनै पनि क्रसर उद्योग सञ्चालन गर्न नपाउने भन्दै अनुगमन टोलीले चेतावनी दिएका छन् ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...