९ वटा क्रसर उद्योगको विद्युत लाइन काटियो

Published on

काठमाडौँ । धनुषाको मिथिला नगरपालिकामा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका क्रसर उद्योगहरुको विद्युत् आपूर्ति बन्द गरिएको छ । जिल्ला अनुगमन समितिको निर्देशनमा पालिकाकाभित्र सञ्चालित नौ वटा क्रसर उद्योगको लाइन काटिएको हो । मिथिला नगरपालिकास्थित औरही खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थको उत्खनन, निकासी र दोहन भइरहेको गुनासो बढ्दै गएपछि सरोकारवालाहरुको टोलीले स्थलगत अनुगमन गर्दै अवैध रुपमा सञ्चालनमा रहेका क्रसर उद्योगमा जडान गरिएको विद्युत् आपूर्ति बन्द गरेको छ ।

बिहीबार बिहान जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल नेतृत्वको अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी उपरीक्षक निर्मल खड्का, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख उपअनुसन्धान निर्देशक गणेश आचार्य, स्थानीय जनप्रतिनिधिलगायत स्थानीय गरी करिब दुई जनाको सहभागिता थियो । अनुगमन टोलीले औरही खोलामा पुगेर त्यहाँ भइरहेको नदीजन्य पदार्थको दोहनबारे जानकारी लिएको थियो । निरीक्षणका क्रममा धेरैजसो क्रसर उद्योगले प्रारम्भिक वातावरणीय परीक्षण अनुसारका मापदण्ड पालना नगरेको धनुषाका प्रमुख जिल्ला अधिकारी कडरियाले बताउनुभयो ।

सरकारी नियमावली विपरीत सञ्चालित उद्योगहरूको गतिविधि नियन्त्रण गर्न अनुगमन टोलीले विद्युत् आपूर्ति काट्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार उद्योगहरूमा सञ्चित सामग्रीहरूको स्रोत र तिनको वैधता प्रमाणीकरण नगर्दासम्म ओसारपसार रोक्न निर्देशन दिएका छन् । स्थानीय तहसँग समन्वय गरी आवश्यक प्रमाणीकरण प्रक्रियाहरू पूरा गरेपछि मात्र क्रसर सञ्चालन गर्न दिने नीति अपनाइने उहाँले बताउनुभयो । सरकारको नियम उल्लङ्घन गरेको र वातावरणीय मापदण्ड पूरा नगरेको पाइएको हुँदा यस्ता उद्योगहरूमाथि थप कारबाही अघि बढाइने जनाइएको छ । अब कानुनी प्रक्रिया पूरा नगर्ने कुनै पनि क्रसर उद्योग सञ्चालन गर्न नपाउने भन्दै अनुगमन टोलीले चेतावनी दिएका छन् ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...