बेवारिसे शव फेला

Published on

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान जिल्लाको पाटन नगरपालिका ८ स्थित आरुबाटा भीरमा बेवारिसे अवस्थामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । बिहान विद्यार्थीहरुले भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी चौकी खोड्पेको टोली घटनास्थलमा खटिएको छ । शव भीरमा रहेकाले निकाल्न नसकिएको खोडपे प्रहरी चौकीका इन्चार्ज उदय खडायतले बताउनुभयो । शव निकाल्नका लागि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ आइरहेको छ । उक्त शव कसको हो भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।

ताजा समाचार

कोशी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’

काठमाडौँ । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी...

कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

काठमाडौँ । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ...

ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयद्वारा आगजनी

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा...