बेवारिसे शव फेला

Published on

काठमाडौँ । बैतडीको खोड्पे बजारनजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । बिहीबार बिहान जिल्लाको पाटन नगरपालिका ८ स्थित आरुबाटा भीरमा बेवारिसे अवस्थामा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो । बिहान विद्यार्थीहरुले भीरमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी चौकी खोड्पेको टोली घटनास्थलमा खटिएको छ । शव भीरमा रहेकाले निकाल्न नसकिएको खोडपे प्रहरी चौकीका इन्चार्ज उदय खडायतले बताउनुभयो । शव निकाल्नका लागि इलाका प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ आइरहेको छ । उक्त शव कसको हो भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...