सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

Published on

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने भएका छन् । फागुन ३ गते शनिबार पोखरामा आयोजना हुने १९ औँ संस्करणको म्याराथनमा पहिलो पटक ८ जना महिला पनि सहभागी हुने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जानकारी दिएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । १४२ दशमलव १९५ किमी दौडमा ८० जना विदेशी धावकले भाग लिने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार केन्या, इथोपिया, भारत, बङ्गालोदश,जर्मनी, आउदी अरब, जापान, बेलायत, अमेरिका लगायतका २१ देशबाट खेलाडी सहभागी हुनेछन् ।

हाफम्याराथन महिलामा १० देशका ४० जना, हाफम्याराथन पुरुषमा १० विदेशीसहित १ सय १० जना, १० किमी पुरुषतर्फ ११ देशका २ सय ११ जना, १० किमी महिलातर्फ ११ विदेशीसहित १ सय ९ जना सहभागी हुने गुरुङले बताउनुभयो । ५ किमी भेट्रान्स ९५०वर्ष० पुरुष र महिला गरी ६० जना, ५ किमी छात्रतर्फ १ हजार ४ सय ७० र छात्रातर्फ १ हजार २५ जना गरी ३ हजार १ सय ७५ जनाले नाम दर्ता गराएको मञ्चका महासचिव केशव पाठकले जानकारी दिनुभयो । रन फर फनमा करिब ७ हजार सहभागी हुने अनुमान आयोजकको छ । विभिन्न १४ वटा विधामा गरी करिब १० हजारले दौडमा भाग दिने अनुमान मञ्चले गरेको छ । म्याराथनमा प्रथम हुनेलाई नगद रु. ५ लाख, द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख प्रदान गरिने छ । चौँथो देखि ८ जना सम्मलाई नगद ३० हजारदेखि १० हजार नदग प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्सहान गर्न छुट्टै पुरस्कारको व्यवस्था र यो वर्ष हाफ म्याराथनतर्फ पुरुषतर्फ एउटा विधा थप गरिएको उहाँको भनाइ छ । पुरस्कार राशिमा मात्रै २१ लाख ३४ हजार खर्च हुनेछ भने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १ करोड ८९ हजार खर्च हुने अनुमान आयोजकको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन विगत दुई वर्षदेखि डिजिटल प्रविधि माफर्त् निगरानी समेत गरिँदै आएको छ । खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरी खेलाडीको दौडको समयलाई निश्चित गर्नुका साथै प्रविधिको प्रयोगले नेपाली र विदेशी धावकहरुलाई समेत उत्साह थापको दाबी मञ्चको छ । बिहीबारको पत्रकार सम्मेलनमा गत वर्षको विजेता केन्याका स्टेफन उपस्थित हुनुभएको थियो । पोखरा म्याराथन अन्तर्गत नै गत माघ २६ गते महिला-पुरुष ह्विल चियर तथा दृष्टिविहीन महिला(पुरुष दौड भइसकेको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...