सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका खेलाडी सहभागी हुने

Published on

काठमाडौँ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा २१ देशका १ सय ५० खेलाडी सहभागी हुने भएका छन् । फागुन ३ गते शनिबार पोखरामा आयोजना हुने १९ औँ संस्करणको म्याराथनमा पहिलो पटक ८ जना महिला पनि सहभागी हुने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जानकारी दिएको छ । मञ्चले बिहीबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । १४२ दशमलव १९५ किमी दौडमा ८० जना विदेशी धावकले भाग लिने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार केन्या, इथोपिया, भारत, बङ्गालोदश,जर्मनी, आउदी अरब, जापान, बेलायत, अमेरिका लगायतका २१ देशबाट खेलाडी सहभागी हुनेछन् ।

हाफम्याराथन महिलामा १० देशका ४० जना, हाफम्याराथन पुरुषमा १० विदेशीसहित १ सय १० जना, १० किमी पुरुषतर्फ ११ देशका २ सय ११ जना, १० किमी महिलातर्फ ११ विदेशीसहित १ सय ९ जना सहभागी हुने गुरुङले बताउनुभयो । ५ किमी भेट्रान्स ९५०वर्ष० पुरुष र महिला गरी ६० जना, ५ किमी छात्रतर्फ १ हजार ४ सय ७० र छात्रातर्फ १ हजार २५ जना गरी ३ हजार १ सय ७५ जनाले नाम दर्ता गराएको मञ्चका महासचिव केशव पाठकले जानकारी दिनुभयो । रन फर फनमा करिब ७ हजार सहभागी हुने अनुमान आयोजकको छ । विभिन्न १४ वटा विधामा गरी करिब १० हजारले दौडमा भाग दिने अनुमान मञ्चले गरेको छ । म्याराथनमा प्रथम हुनेलाई नगद रु. ५ लाख, द्वितीयलाई ३ लाख, तृतीयलाई २ लाख प्रदान गरिने छ । चौँथो देखि ८ जना सम्मलाई नगद ३० हजारदेखि १० हजार नदग प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्सहान गर्न छुट्टै पुरस्कारको व्यवस्था र यो वर्ष हाफ म्याराथनतर्फ पुरुषतर्फ एउटा विधा थप गरिएको उहाँको भनाइ छ । पुरस्कार राशिमा मात्रै २१ लाख ३४ हजार खर्च हुनेछ भने पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा १ करोड ८९ हजार खर्च हुने अनुमान आयोजकको छ । पोखरा अन्तर्राष्ट्रिय म्याराथन विगत दुई वर्षदेखि डिजिटल प्रविधि माफर्त् निगरानी समेत गरिँदै आएको छ । खुला म्याराथन र महिला हाफ म्याराथनमा चिप्सको प्रयोग गरी खेलाडीको दौडको समयलाई निश्चित गर्नुका साथै प्रविधिको प्रयोगले नेपाली र विदेशी धावकहरुलाई समेत उत्साह थापको दाबी मञ्चको छ । बिहीबारको पत्रकार सम्मेलनमा गत वर्षको विजेता केन्याका स्टेफन उपस्थित हुनुभएको थियो । पोखरा म्याराथन अन्तर्गत नै गत माघ २६ गते महिला-पुरुष ह्विल चियर तथा दृष्टिविहीन महिला(पुरुष दौड भइसकेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...