सामयिक कर उठाउने विधेयक दर्ता

Published on

काठमाडौँ । गण्डकी प्रदेश सरकारले सामयिक कर असुली गर्नेसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गराएको छ । छुट राजस्व सङ्कलन गर्न तथा राजस्व सङ्कलन निरन्तर बनाउन सामयिक कर असुलीका लागि विधेयक तयार गरिएको हो । आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले छुट राजस्व सङ्कलन गर्न तथा राजस्व सङ्कलन निरन्तर बनाउन विधेयक तयार भएको उल्लेख गर्नुभयो । गण्डकी प्रदेशमा विशेष परिस्थितिको सिर्जना भएमा विशेष परिस्थिति सिर्जना हुनुभन्दा अघिल्लो दिन जुन दर कायम रहेको थियो, सोही बमोजिम राजस्व सङ्कलन गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने विधेयकमा उल्लेख छ ।

विशेष परिस्थिति भन्नाले राजस्व सङ्कलन गर्ने सालबसाली आर्थिक ऐन वा आर्थिक अध्यादेशको अवधि समाप्त भई अर्को नयाँ सालबसाली आर्थिक ऐन प्रमाणीकरण भई प्रदेश राजपत्रमा प्रकाशन नभइसकेको वा आर्थिक अध्यादेश जारी हुन नसकेको समयावधिलाई सम्झनुपर्ने विधेयकमा उल्लेख छ । अहिले प्रदेश सभाका विषयगत समितिमा गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक, जिवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मतरसम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका क्रममा छन् ।

आज प्रदेश सभा बैठक

गण्डकी प्रदेश सभाको बैठक शुक्रबार दिउँसो १ बजे बस्दै छ । माघ २१ गते बसेको प्रदेशसभा बैठक माघ ३० गतेका लागि सारिएकोमा प्रदेश सभा सचिवालयले फेरि फागुन २ गतेका लागि सारिएको सूचना जारी गरिएको थियो । शुक्रबारको बैठकमा मुख्यमन्त्रीसहित सबै दलका संसदीय दलका नेताहरुले सम्बोधन गर्ने तय छ । कार्य व्यवस्था परामर्श समितिको बैठकले दलका नेताहरुले सम्बोधन गर्ने र केही विधेयक टेबुल गर्ने तय गरेको प्रदेशसभा उपसचिव प्रेम सुवेदीले जानकारी दिनुभयो । आजको बैठकमा प्रदेश निजामती ऐन संशोधनसम्बन्धी अध्यादेश स्वीकृतिका लागि पेस हुनेछ । यस्तै, औद्योगिक व्यवसाय ऐन संशोधन विधेयक र सामयिक कर असुली गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा टेबुल हुने छन् । लोक सेवा आयोगको वार्षिक प्रतिवेदनसमेत सदनमा टेबुल गर्ने तयारी छ ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...