लागुऔषधविरुद्ध प्रहरीको विशेष अभियान

Published on

काठमाडौँ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागुऔषध नियन्त्रण अभियानलाई थप कडा बनाएको छ । प्रहरीले विशेष अभियान सञ्चालन गर्दै लागुऔषध ओसारपसार तथा कारोबार गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइरहेको छ । पछिल्लो एक साताको अवधिमा मात्रै कृष्णनगर नाका हुँदै नेपालमा लागुऔषध ल्याउँदै गरेका ९ जना कारोवारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताउनुभयो ।

प्रहरीले उनीहरुबाट ७.७२० ग्राम ब्राउन सुगर बरामद गरेको छ । लागु औषध ओसारपसारमा प्रयोग भएका ३ मोटरसाइकल र एउटा कारसमेत नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शिव खत्रीका अनुसार कृष्णनगर नाका हुँदै नेपाल भित्र्याइने लागुऔषधको आपूर्ति रोक्न र सुराकी र सुरक्षाकर्मीको निगरानी बढाइएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक इकरामुद्धीन, नसिम खान र पास गौड, विजयनगर गाउँपालिकाका मतिउल्लाह मुसलमान र मैराज अहमद छन् । यसैगरी मनोज कुमार यादव, बसन्त न्यौपाने र राजकुमार भुसाललाई ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...