लागुऔषधविरुद्ध प्रहरीको विशेष अभियान

Published on

काठमाडौँ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगरले लागुऔषध नियन्त्रण अभियानलाई थप कडा बनाएको छ । प्रहरीले विशेष अभियान सञ्चालन गर्दै लागुऔषध ओसारपसार तथा कारोबार गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइरहेको छ । पछिल्लो एक साताको अवधिमा मात्रै कृष्णनगर नाका हुँदै नेपालमा लागुऔषध ल्याउँदै गरेका ९ जना कारोवारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताउनुभयो ।

प्रहरीले उनीहरुबाट ७.७२० ग्राम ब्राउन सुगर बरामद गरेको छ । लागु औषध ओसारपसारमा प्रयोग भएका ३ मोटरसाइकल र एउटा कारसमेत नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शिव खत्रीका अनुसार कृष्णनगर नाका हुँदै नेपाल भित्र्याइने लागुऔषधको आपूर्ति रोक्न र सुराकी र सुरक्षाकर्मीको निगरानी बढाइएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक इकरामुद्धीन, नसिम खान र पास गौड, विजयनगर गाउँपालिकाका मतिउल्लाह मुसलमान र मैराज अहमद छन् । यसैगरी मनोज कुमार यादव, बसन्त न्यौपाने र राजकुमार भुसाललाई ब्राउन सुगरसहित पक्राउ परेका हुन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...