कार्यसम्पादनमा त्रिवेणी पहिलो

Published on

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको आधारमा जिल्लाको त्रिवेणी नगरपालिका पहिलो भएको छ । जिल्लाका ९ वटै स्थानीय तह मध्य त्रिवेणी नगरपालिकाले सबै भन्दाबढी नम्मर ल्याएर पहिलो भएको छ भने सबै भन्दा कम नम्मर ल्याएर खप्तड छेडेदह अन्तिममा भएको हो । २०८०/०८१ को आर्थिक वर्षको मूल्याङ्कन गर्दा त्रिवेणी नगरपालिकाले ६४ दशमलव ५ अङ्क प्राप्त गरेर पहिलो भएको छ भने त्यसरी जगन्नाथ गाउँपालिका भने ६१ दशमलव ६ अङ्कसहित दोस्रो स्थानमा आएको छ । बुढीगङ्गा नगरपालिका ६१ दशमलव २ अङ्सहित तेस्रो, हिमाली गाउँपालिका ५९ दशमलव ८ अङ्कसहित चौथो स्थानमा छ । गौमुल गाउँपालिका ५७ दशमलव ९ अङ्क ल्याएर पाँचौ स्थानमा छ ।

स्वामिकार्तिक खापर गाउँपालिका ५३ दशमलव ६ अङ्क ल्याएर छैटौँ, बुढिनन्दा नगरपालिका ४९ दशमलव ५ अङ्कसहित सातौँ, बडिमालिका नगरपालिका ४६ दशमलव ९ अङ्कसहित आठौँ स्थानमा आएको छ । खप्तड छेडेदह गाउँपालिकाले ४५ दशमलव ४ अङ्कसहित नवौं स्थानमा छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अङ्कसम्बन्धी विवरण प्रकाशित गरेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राप्त अङ्क चित्त नबुझे ७ दिनभित्र आवश्यक आधार र प्रमाण सहित पुनरवलोकनका लागि उजुरी दिन व्यवस्था गरेको जनाएको छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...