कार्यसम्पादनमा त्रिवेणी पहिलो

Published on

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनको आधारमा जिल्लाको त्रिवेणी नगरपालिका पहिलो भएको छ । जिल्लाका ९ वटै स्थानीय तह मध्य त्रिवेणी नगरपालिकाले सबै भन्दाबढी नम्मर ल्याएर पहिलो भएको छ भने सबै भन्दा कम नम्मर ल्याएर खप्तड छेडेदह अन्तिममा भएको हो । २०८०/०८१ को आर्थिक वर्षको मूल्याङ्कन गर्दा त्रिवेणी नगरपालिकाले ६४ दशमलव ५ अङ्क प्राप्त गरेर पहिलो भएको छ भने त्यसरी जगन्नाथ गाउँपालिका भने ६१ दशमलव ६ अङ्कसहित दोस्रो स्थानमा आएको छ । बुढीगङ्गा नगरपालिका ६१ दशमलव २ अङ्सहित तेस्रो, हिमाली गाउँपालिका ५९ दशमलव ८ अङ्कसहित चौथो स्थानमा छ । गौमुल गाउँपालिका ५७ दशमलव ९ अङ्क ल्याएर पाँचौ स्थानमा छ ।

स्वामिकार्तिक खापर गाउँपालिका ५३ दशमलव ६ अङ्क ल्याएर छैटौँ, बुढिनन्दा नगरपालिका ४९ दशमलव ५ अङ्कसहित सातौँ, बडिमालिका नगरपालिका ४६ दशमलव ९ अङ्कसहित आठौँ स्थानमा आएको छ । खप्तड छेडेदह गाउँपालिकाले ४५ दशमलव ४ अङ्कसहित नवौं स्थानमा छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले माघ ३० गते कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अङ्कसम्बन्धी विवरण प्रकाशित गरेको थियो । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राप्त अङ्क चित्त नबुझे ७ दिनभित्र आवश्यक आधार र प्रमाण सहित पुनरवलोकनका लागि उजुरी दिन व्यवस्था गरेको जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...