टीकापुरलाई गुलाबी पर्यटकीय सहर बनाइँदै

Published on

काठमाडौँ । प्रणय दिवसको अवसर पारी टीकापुरमा गुलाब रोप्ने काम सुरु भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले नगरपालिकाको आँगनमा गुलाब रोपेर अभियानको शुभारम्भ गर्नुभएको छ । मन्त्री चौधरीले पर्यटकीय क्षेत्र टीकापुरलाई गुलाबको शहर बनाउने नगरपालिकाको कामले प्रदेशको पनि गौरव बढेको र मन्त्रालयका तर्फबाट सहयोग गर्न प्रतिबद्धता जनाउनुभयो । ‘गुलाब फुल्ने टीकापुर पार्कलाई संरक्षण गर्ने र टीकापुर पार्कजस्तै बजारमा पनि गुलाब फुलाउनुपर्छ’ मन्त्री चौधरीले भन्नुभयो, ‘प्रदेशको वन मन्त्रालयबाट १० हजार फलफूल र शोभायुक्त बिरुवा उपलब्ध गराउने प्रतिवद्धता गर्दछु ।’

प्रदेश सभा सदस्य ललिता सुनार पनि प्रेम दिवसमा सुरु भएको गुलाब रोप्ने अभियान प्रेमपूर्वक अघि बढ्ने अपेक्षा गर्नुहुन्छ । टीकापुरको शहरी क्षेत्रमा गुलाब फुलाउन विभिन्न विद्यालय, व्यापारिक फर्मलाई जिम्मा लगाइएको छ । गुलाबको शहर बनाउने योजनाले व्यवसायीहरु उत्साहित भएका छन् । होटल व्यवसायी कृष्ण न्यौपाने बहुजाती, बहुभाषी टीकापुरमा गुलाबको प्रवर्धनले जातजातीबिच आत्मियता बढ्ने अपेक्षा व्यक्त गर्नुहुन्छ । अर्का व्यवसायी टीकाराम जोशी गुलाबको फूलको प्रवर्धन गरेर टीकापुर द्वन्द्वमा होइन मेलमिलाप र शान्तिमा छ भन्ने देखाउन सकिने बताउनुभयो ।

टीकापुर नगरपालिकाको गुलाबी शहर अभियानमा सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयबाट पाँच लाख सहयोग मिलेको छ । नगरपालिकाले मुख्य शहरको एक हजार ६ सय मिटर लम्बाइको सडकको दुबैतिर क्यारीलाई तारबार गरेर २७ वटा समूहलाई बाँडिदिएको छ । आफ्नो जिम्मामा परेका क्यारीमा विद्यालय, संघ संस्था र व्यापारिक फर्महरुले गुलाबका बोटहरु किनेर रोप्ने र हुर्काउने जिम्मा लिएका छन् । क्यारीमा ८० सेन्टिमिटरको फरकमा दुई लहरमा बिरुवा रोपिदैछ । यसरी रोप्दा यो क्षेत्रमा आठ हजार बिरुवा लाग्नेछन् । ५० भन्दा बढी प्रजातिका गुलाबहरु फुल्ने टीकापुर पार्कका कारण टीकापुर पर्यटकीय शहर मानिन्छ । टीकापुर पार्कमा वर्षमा दुई लाखभन्दा बढी पर्यटक घुम्न आउने गरेका छन् । टीकापुर नगरपालिकालाई गुलाबको शहरका रुपमा चिनाउन लागिएको नगर प्रमुख रामलाल डँगौरा थारुको भनाइ छ ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...