प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री ओलीले उठेका प्रश्नको जवाफ दिनुहुने

Published on

काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले उठेका प्रश्नको जवाफ दिनुहुने भएको छ । बैठकमा प्रत्यक्ष प्रश्नोत्तर हुने सचिवालयले जनाएको छ । आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकमा पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो । गत मङ्गलवार बसेको प्रतिनिधि सभा बैठकमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धी कार्यक्रम २०८१ फागुन ४ गतेको बैठकमा हुने जानकारी गराउनु भएको थियो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...