खाद्य गुणस्तरको नियन्त्रण : काठमाडौँ महानगरले स्थलगत मापन सुरु गर्दै

Published on

काठमाडौँ । बजारमा जथाभाबी अखाद्य बस्तुको विक्री वितरण हुँदै आएको गुनासो पछि काठमाडौँ महानगरपालिकाले खानेकुराको गुणस्तर परीक्षण फिल्डमा तत्काल गर्ने भएको छ । मोबाइल भ्यानको प्रयोग गरी बिक्री वितरण हुने गरेको खाद्यवस्तुको जाँच गरी तत्काल कारबाही गर्ने गरी काम सुरु गर्ने जनाएको हो । खाद्य गुणस्तरको जाँच गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रभावकारी काम नगरेको र जनताको स्वास्थ्य माथि खेलाँची गरेको समेत उपभोक्ताहरूको आरोप छ । सहरमा विक्री हुने खाद्य सेवाअन्तर्गतका खानेकुराको गुणस्तर परीक्षणका लागि मोबाइल भ्यानबाट फिल्डमा तत्काल नतिजा हेर्ने तयारी गरेको छ । नियमित अनुगमन गरेर सचेतनात्मक कार्यक्रम र क्षमता विकासका लागि क्षेत्रगत तालिम प्रदान गरिसकेपछि व्यवसायीहरूमा आएको परिवर्तनलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसँगको सहकार्यमा प्रयोगशाला परीक्षणबाट नतिजा हेर्ने तयारी भएको महानगरपालिकाका उपप्रमुख प्रमुख सुनिता डङ्गोलले बताउनुभयो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कार्यकारी निर्देशक सञ्जीवकुमार कर्णसहित अधिकारीहरू बिच मोबाइल भ्यान सञ्चालन र क्षमता विकासका विषयमा छलफल भएको छ । छलफलमा खाद्य स्वच्छताको गुणस्तर नियन्त्रणका लागि महानगरपालिकाले काम गर्ने, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले क्षमता विकास र प्राविधिक सहयोग उपलब्ध गराउने विषयले प्राथमिकता पाएको थियो । छलफलमा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरीसहित अधिकारीहरूले सहकार्य क्षेत्रका विषयमा धारणा राख्नुभएको थियो । सुपथ मूल्यमा गुणस्तरीय बस्तु प्राप्त गर्ने उपभोक्ताको अधिकार सुनिश्चित गर्न महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले नियमित बजार अनुगमन गरिरहेको छ । यससँगै स्वच्छ खाद्य सेवा प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता प्रवर्धन शिविर (फुड सेप्टी, बुट क्याम्प) अन्तर्गत क्षेत्रगत खाद्य सेवा सञ्चालन गर्ने सञ्चालक र व्यवसायीलाई क्षमता विकास तालिम प्रदान गरेको छ ।

क्षमता विकासको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालय, दोस्रो संस्करणमा मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता, तेस्रो संस्करणमा मिठाइजन्य खाद्य सेवाका उत्पादक तथा विक्रेतालाई तालिम दिइएको थियो । यस्तै चौथो संस्करणमा होटेल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायी र पाँचौँ संस्करणमा रैथाने खाना सेवाका उत्पादक र विक्रेतालाई तालिम दिइएको थियो । बजार अनुगमन र व्यवसायीलाई दिइएको तालिमको नतिजालाई तथ्यमा मापन गर्न महानगरपालिकाले मोबाइल भ्यानमार्फत गुणस्तर परीक्षण कार्यक्रम अगाडि बढाउन लागेको हो ।

ताजा समाचार

इरानमा अमेरिकी आक्रमणपछि सत्ता परिवर्तनको बहस सुरु

काठमाडौं । अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा गरेको आक्रमणपछि इरानमा सत्ता परिवर्तनको बहस सुरु...

पशुपति क्षेत्र विकास कोषका १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३३ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा पशुपति क्षेत्र...

सप्तरीका किसानको अर्गानिक आँपबाट लाखौं आम्दानी

सप्तरी — कञ्चनरूप नगरपालिका–१२, रूपनगर बस्तीपुरका किसानहरूले विषादी प्रयोग नगरी अर्गानिक आँप उत्पादन गरेर...

नारायणघाट–बुटवल सडक ६ दिनदेखि अवरुद्ध, सयौं मालवाहक सवारी बीच बाटोमै रोकिए

नवलपुर — विनयी खोलामा आएको बाढी र दाउन्नेमा चिप्लो सडकका कारण नारायणघाट–बुटवल सडकखण्ड अन्तर्गतका...