अध्यादेश सबै पास हुन्छ : मन्त्री अधिकारी

Published on

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सरकारले ल्याएका अध्यादेश जसरी भएपनि पास गरिने बताउनुभएको छ । नेकपा एमाले कपिलवस्तु जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले उहाँले माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा यी अध्यादेश ल्याउन नसक्नुभएको टिप्पणी गर्नु भएको थियो । “त्यो बेलामा पनि मैले यही मन्त्रालय सम्हालेको थिए । त्यो बेला नसकेको अध्यादेश अहिले सरकारले ल्याएको छ । भूमि सम्बन्धी अध्यादेशको नबुझी विरोध भएको छ । पूर्व प्रम प्रचण्ड र रवि लामिछानेले समेत जनतासँग मत माग्ने बेला भूमि हिनलाई जग्गा उपलब्ध गराउने बाचा गरेका थिए,” मन्त्री अधिकारीले बताउनुभयो ।

उहाँले सरकारले एघार वटा नयाँ ऐन बनाउने गरी अगाडी बढेको बताउनुभयो । अहिले ६ वटा अध्यादेश संसदमा टेबुल भएको छ । ती अध्यादेश भित्र २८ देखि २९ वटा कानुन रहेको छ । त्यो बाहेक मिडिया र नागरिकता सम्बन्धी विधेयक समेत पेस भएको बताउनुभयो । एमाले जिल्ला इन्चार्ज गिरिधारीलाल न्यौपानेले एमालेले गरेका कार्यहरूको मूल्याङ्कन गर्दा जनताले पार्टीलाई फेरि विश्वास गर्ने बताउनुभयो । उहाँले एमाले गरिब जनतासँग जोडिएको पार्टी भएकाले विपक्षीहरूले असफल बनाउन खोजे पनि सफल नहुने दाबी गर्नुभयो । बैठकले जरा केन्द्रित अभियान मार्फत पार्टीले गरेका काम र सन्देश लिएर हरेक मतदाताको घरदैलोमा पुग्ने योजना बनाएको एमाले कपिलबस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...