डोजरले पल्टाएको ढुङ्गा लागेर बालिकाको मृत्यु

Published on

काठमाडौँ । गुल्मीमा डोजरले बाटो खन्दैगर्दा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका –२ हस्तिचौर जाने भित्री सडक खन्दै गरेको श्रेष्ठ कन्ट्रक्सनको डोजरले पल्टाएको ढुङ्गा लागेर स्कुल हिँडेकी आठ वर्षीया बालिका विष्णु कुमाल गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको गुल्मी जिल्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो । डोजर चालक मकवानपुर इन्द्रचौरका ३६ वर्षीय राजेश रेग्मी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...