डोजरले पल्टाएको ढुङ्गा लागेर बालिकाको मृत्यु

Published on

काठमाडौँ । गुल्मीमा डोजरले बाटो खन्दैगर्दा माथिबाट खसेको ढुङ्गा लागेर गम्भीर घाइते भएकी बालिकाको मृत्यु भएको छ । जिल्लाको इश्मा गाउँपालिका –२ हस्तिचौर जाने भित्री सडक खन्दै गरेको श्रेष्ठ कन्ट्रक्सनको डोजरले पल्टाएको ढुङ्गा लागेर स्कुल हिँडेकी आठ वर्षीया बालिका विष्णु कुमाल गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि गुल्मी अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको गुल्मी जिल्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जिवी दाहालले जानकारी दिनुभयो । डोजर चालक मकवानपुर इन्द्रचौरका ३६ वर्षीय राजेश रेग्मी प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...