तामाङ भाषामा लेखिएका उखानको सङ्ग्रह ‘तामाङ आन’ सार्वजनिक

Published on

काठमाडौँ । तामाङ भाषामा लेखिएका उखानहरूको सङ्ग्रह ‘तामाङ आन’ पुस्तकको जिल्लाको सदरमुकाम धादिङबेसीमा एक कार्यक्रमबिच विमोचन गरिएको छ । तामाङ भाषा, अङ्ग्रेजी भाषा र समभोटा लिपिमा लेखिएको यो पुस्तक तामाङ भाषा नबुझ्ने पाठकहरूले समेत पढ्न सक्ने गरी तयार पारिएको छ । पुस्तकका लेखक बाबुराम फ्युवाका अनुसार डिजिटल प्रविधिसँग पुस्तकलाई समायोजन गर्न अन्तिम कभरमा क्युआर कोड समावेश गरिएको छ । जसलाई स्क्यान गरी पाठकहरूले इलेक्ट्रोनिक पेजमा पढ्न र अडियो स्वरूपमा सुन्न सक्नेछन् ।

‘तामाङ आन’ पुस्तकको विमोचन गर्दै तामाङ घेदुङ धादिङका अध्यक्ष दीपक तामाङले यस पुस्तकले तामाङ जातिको भाषा र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । विमोचन कार्यक्रममा गङ्गाजमुना गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले तामाङ भाषा, संस्कृति र साहित्यलाई संरक्षण गर्न यस्ता पुस्तक प्रकाशन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष लामाले लेखकहरूलाई तामाङ भाषामा थप सिर्जनशील भएर लेखन क्षेत्रमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । कार्यक्रमका टिप्पणीकारहरूले पुस्तक प्रकाशन गर्दा सकारात्मक उखानहरूलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए । रुवीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ, खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेकेमान तामाङ लगायतले पुस्तकको महत्वबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । यस पुस्तक धादिङ जिल्लाको तामाङ भाषामा पहिलो औपचारिक पुस्तक रहेको बताइएको छ । पुस्तकले तामाङ भाषा तथा संस्कृतिको जगेर्ना गर्ने विश्वास गरिएको छ ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...