रेडक्रस इलामको सभापतिमा गौतम

Published on

काठमाडौँ । इलाम रेडक्रस जिल्ला सभापतिमा शिव गौतम चयन हुनुभएको छ । नेपाल रेडक्रस सोसाइटी इलामको सम्पन्न अधिवेशनले उहाँलाई सभापतिमा चयन गरेको हो । अधिवेशनबाट उपसभापतिमा रतनकुमार चौधरी र हरिकला गौतम, मन्त्रीमा रवीन्द्र श्रेष्ठ, उपमन्त्रीमा हरिनाथ फुयाँल, कोषाध्यक्ष ईश्वरकुमार सुवेदी र उपकोषाध्यक्षमा विजयशेखर भट्टराईलाई निर्वाचित हुनुुभएको छ । अधिवेशनबाट १६ सदस्यीय कार्य समिति निर्वाचित भएको छ । निर्वाचित सदस्यमा वेदमाया मुखिया ९सोनु०, उर्मिला निरौला, उर्वशी गौतम, चन्द्र केसी, गणेश खतिवडा, राजीव न्यौपाने, बलराम रिसाल, निधिप्रसाद पोखरेल, सुरेन्द्र साम्बा, हेमकुमार सुवेदी रहनुु भएको छ ।

२०२८ मा तदर्थ समिति गठन भएको इलाम रेडक्रसमा अहिले ६३ जुनियर–युवा सर्कल र १८ उपशाखा छन् । अधिवेशन तथा साधारणसभाका अवसरमा जिल्लाका उत्कृष्ट उपशाखा र रक्तसञ्चारमा योगदान गर्ने आफ्ना इकाइलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेमा १८ उपशाखामध्ये वर्षभरिमा जिल्लाको सर्वोत्कृष्ट उपशाखाका रूपमा दानाबारी उपशाखा पुरस्कृत भएको छ । आदिपुर उपशाखा दोस्रो र चुलाचुली उपशाखा तेस्रो भएका छन् । गोर्खे उपशाखाले सान्त्वना पुरस्कार पाएको छ । यस्तै, रक्तदानमा योगदान गर्ने चुलाचुली, दानाबारी, फिक्कल, बालागुरु, हासपोखरी, कन्याम र आदिपुर शाखा पुरस्कृत भएका छन् ।

ताजा समाचार

संघीय संसद्का पाँच समिति बैठक आज, विविध विधेयक र प्रतिवेदनमाथि छलफल

काठमाडौं — संघीय संसद अन्तर्गतका विभिन्न पाँच संसदीय समितिको बैठक आज (आइतबार) बस्दैछ। निर्धारित...

धरान उपमहानगरको बजेट अन्योलमा : मेयर–उपमेयरबीचको किचलोले सहमति अवरुद्ध

विराटनगर — आन्तरिक राजनीतिक किचलोका कारण धरान उपमहानगरपालिकाको चालु आर्थिक वर्ष २०८२/८३ को बजेट...

सुनकोशी नदी आसपास सतर्कता अपनाउन सिन्धुली प्रशासनको आग्रह

काठमाडौं — सिन्धुली जिल्लामा अविरल वर्षाको सम्भावना रहेको भन्दै सुनकोशी नदी आसपासका क्षेत्रमा सतर्कता...

‘स्लिपिङ प्रिन्स’ को नामले परिचित साउदी राजकुमार अल वालिदको निधन

काठमाडौं — दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन...