युवा खेलाडी विदेश पलायनप्रति खेलकुद मन्त्रीको चिन्ता

Published on

काठमाडौँ । सङ्घीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले युवा खेलाडीहरू विदेश पलायन भई रहको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले यो पलायन रोक्न योजनाबद्ध रूपमा काम भई रहेको बताउनु भएको छ । बाँकेको कोहलपुर नगरपालिका २ तेह्र बिघामा आजदेखि सुरु भएको प्रथम नेसनल बाँके फुटबल कपको उदघाटन गर्दे खेलाडिलाई प्रवर्धन गर्ने खालका कामहरूको सुरुवात भएको जानकारी गराउनुभयो ।

समग्र विश्वव्यापी रूपमा चर्चा कमाएको फुटबल जगतमा कोहलपुरबाटै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रथम नेसनल प्याब्सन बाँकेका फूटबल कपको औपचारिक उद्घाटन भएकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । उद्घाटनको क्रममा बोल्दै चौधरीले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीका छोराहरूलाई संस्थागत विद्यालयहरूले दुई प्रतिशत रकम जम्मा गरी अध्ययन अध्यापन गराउनुपर्नेमा उहाँको जोड रहेको थियो ।

संस्थागत विद्यालयहरूले हाल ११ प्रतिशत छात्रवृति दिइरहेकोमा खुसी व्यक्त गर्दै बालबालिकाहरूलाई ग्रासरुटबाटै फुटबलमा आबद्ध गराउने प्रयास गर्नुभएकोमा भन्दै नेसनल प्याब्सन बाँकेलाई धन्यवाद व्यक्त गर्नुभयोे । यस्तै कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण आचार्यले कोहलपुरलाई खेलकुदको हव बनाउनुपर्नेमा जोड दिनुभयो । कोहलपुर नगरपालिकाले विभिन्न खेलकुदका नाममा करिब एक करोड भन्दाबढि बजेट विनियोजन गरेको उहाँको भनाइ थियो । कोहलपुरमा अन्तराष्ट्रिय क्रिकेट मैदान, कोहलपुर मुख्यमन्त्री गोल्ड कप, उपमेयर छात्रा क्रिकेट प्रतियोगिता, मेयर कप लगायत हरेक विद्यालयमा खेल शिक्षक समेत रहेको उहाँको भनाइ थियो ।

यस्तै नेशसल प्याब्सन बाँकेका अध्यक्ष तथा कार्यक्रमका सभापति किशोरराज मल्लले बालबालिकालाई शारीरिक र मानसिक रूपमा स्व्स्थ राख्न प्रतियोगिताले टेवा पुग्ने बताउनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार, उपविजेतालाई १५ हजार र सेमिफाइनल टिमलाई १० हजार रुपियाँ पुरस्कार रहेको छ । यस्तै विधागत उत्कृष्टलाई पनि नगद पुरस्कार राखिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...