देश र लोकतन्त्रको रक्षाका लागि कांग्रेस एमाले मिलेर सरकार बनायौँ : प्रधानमन्त्री ओली

Published on

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश र लोकतन्त्रको रक्षाको लागि नेपाली कांग्रेस र नेकपा एमालेसहित दलहरू मिलेर सरकार बनाएको बताउनुभएको छ । नेकपा एमाले दाङले जिल्ला विकास समन्वय समितिको सहिद मञ्चमा सोमबार आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका ओलीले देशको विकासलाई स्थायित्व र लोकतन्त्रको रक्षाका लागि देशको मुख्य दुई शक्तिसहित साना दलहरू मिलेर सरकार बनाएको स्पष्ट पार्नुभयो । उहाँले यो सरकार कसेलै भन्दैमा नढल्ने ठोकुवा समेत गर्नुभयो ।

‘‘यो सरकार २०८४ सम्म रहन्छ । कसैले भन्दैमा ढल्दैन, हामीसँग स्पष्ट बहुमत छ, त्यसकारण सरकार ढल्दैन र २०८४ सम्म कांग्रेस एमालेको नेतृत्वमा सरकार निरन्तरता पाउने छ ।’’ उहाँले दुई दलहरूको उच्च समदारी अनुसार अहिले आफुले सरकारको नेतृत्व गरिरहेको बताउनुभयो । ‘‘आफ्नो नेतृत्वमा सरकार बनेपछि देश समृद्धतर्फ गएको प्रधानमन्त्री ओलीले दाबी थियो । देशलाई बदल्ने शक्ती एमाले बाहेक कसैमा नभएको भन्दै दाङ को समग्र विकासका लागि आफू गम्भिर रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘एमालेको गन्तव्य सुखी नेपाली, समृद्ध नेपाल बनाउने हो, ओलीले भन्नुभयो, हरेक नेपालीलाई सुखी बनाउने एमालेको गत्तव्य हो ।’’

अहिलेको सरकार सुन्दर नेपाल, सुखी नेपाली बनाउनका लागि दृढता र संकल्पसहित लागि परेको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘देशको समग्र विकास, उन्नतिसँगै दाङको विकासालई विशेष ध्यानमा राखिएको बताउनुभयो ।’’ अहिले मदनभण्डारी राजमार्ग योजना अनुसार दाङको घोराही तुलसीपुर सडकको चार लेन्डलाई अगाडि बढाएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । त्यस्तै दाङ उपत्याका र देउखुरी उपत्यकालाई जोडन्का लागि सुरुङ मार्ग बनाउने आफ्नो दीर्घकालिन योजना रहेको बताउनुभयो । आगामी आर्थिक वर्षमा त्यसतर्फ ध्यान दिएर बजेट विनियोजन गर्ने समेत बताउनुभयो । त्यस्तै उहाँले दाङको कृर्षियोग्य जमिनमा सिँचाइ विशेष ध्यान दिने बताउनुभयो । हिजोका दिनमा दाङ विकासले पछाडि परे पनि अब दाङले विकासकोे गति लिने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...