थारू पत्रकार सङ्घ नेपाल दाङ शाखाको आधारभूत पत्रकारिता तालिमको उद्घाटन

Published on

काठमाडौँ । थारू भाषा संस्कृति संरक्षणका लागि थारू पत्रकारहरूको महत्त्वपूर्ण भूमिका रहँदै आएको एक कार्यक्रममा बोल्नर वक्ताहरूले जोड दिएका छन् । थारु पत्रकार सङ्घ नेपाल दाङ शाखाले एकदिने आधारभूत पत्रकारिता तालिमको उद्घाटन सत्रमा बोल्दै बोल्ने वक्ताहरूले यस्तो कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्ने वक्ताहरूले थारू समुदायको पहिचानका लागि थारू भाषा संस्कृति संरक्षणको आवश्यक रहेको बताएका थिए ।

यसैबिच घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले थारू भाषा सहित्य तथा कला संस्कृतिको संरक्षणका लागि घोराही उपमहानगरपालिकाले विशेष सहयोग गर्दै आएको बताउनुभयो । उहाँले घोराही उपमहानगरपालिकाले थारू भाषालाई सरकारी कामकाजीको भाषा बनाएसँगै विद्यालयमा समेत थारू भाषामा पठनपाठन सुरुवात गरेको जानकारी दिनुभयो । त्यसैगरी थारू समुदायको जीवन स्तरलाईमाथि उठाउनका लागि विभिन्न आयआर्जनको कार्यक्रमसँगै थारूहरूका सिप कलालाई व्यावसायिक बनाउनेतर्फ लागेको उहाँले बताउनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले थारू पत्रकारको क्षमता विकासका लागि स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै थारू पत्रकारहरू पेसागत हकहितका लागि थारू पत्रकार एकताबद्ध हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

सङ्घका अध्यक्ष नविन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा कल्याणकारिणी सभाका केन्द्रीय सदस्य भुवन चौधरी, थारू पत्रकार सङ्घका निवर्तमान अध्यक्ष सन्तोष दहित, घोराही उपमहानगरपालिकाका सुचना अधिकारी, नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष सन्तोष सुवेदी, प्रेस सेन्टर दाङका अध्यक्ष जनक नेपाली, फोनिज दाङका अध्यक्ष दिप्तिशिखा चौधरी, सङ्घको सल्लाकार लक्ष्मीमान चौधरी, थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरी लगायतले बोल्नुभएको थियो । घोराही उपमहानगरपालिकाको आर्थिक सहयोगमा हुन लागेको एकदिने आधारभूत पत्रकारिता तालिममा पत्रकारिताको परिभाषा र महत्त्व, समाचार लेखन, रिपोर्टिङ अभ्यास, फिचर लेखन, थारू भाषाको पत्रकारिता तथा भाषिक पत्रकारिताको सम्भावना लगायत विषयमा प्रिशक्षण दिइने सङ्घका अध्यक्ष नविन चौधरीले जानकारी दिनुभयो । तालिममा ३५ जना थारू युवा युवतीहरूको सहभागिता रहेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...