अलपत्र रारा पर्यटन पदमार्ग, साइकल लेनको उस्तै बिजोग

Published on

काठमाडौँ । कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा निर्माणाधीन रारा पर्यटन पदमार्गको निर्माणकार्य अलपत्र परेको छ । खानी थोदुङ क्याराभान कन्ट्रक्सन प्रालिले निर्माणको जिम्मा पाएको उक्त आयोजना निर्माण कम्पनीकोे लापरवाहीले अलपत्र परेको हो । डिभिजन वन कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख गोबिन्द्र महतका अनुसार रारा पर्यटकीय पदमार्ग निर्माणका लागि सङ्घीय सरकार र कर्णाली प्रदेशको वन तथा वातावरण मन्त्रालयअन्तर्गत आर्थिक वर्ष ०७८-७९ को बजेटमा ४५ करोड २९ लाख १० हजार ७९ रुपियाँमा खानी थोदुुङ क्याराभानले २०७९ असारमा निर्माणको जिम्मा पाएको थियो ।

१४ किलोमिटर लामो पदमार्गका पूर्वाधार निर्माण हुन नसक्दा पर्यटकलाई आउजाउमा समस्या भएको स्थानीय नन्द्रबहादुर रोकाया बताउनुहुन्छ । राराको नाममा यस्ता विकास निर्माणसम्बन्धी योजना धेरै आएको सुनिने तर कार्यान्वयन नभएको उहाँको भनाइ छ । निर्माण कम्पनीको दोष मात्र भन्दा पनि सरकारी निकायले समेत योजना अगाडि बढाउन चासो नदेखिएको उहाँको भनाइ छ । एकातिर समयमा काम नहुने अर्कोतिर काम सञ्चालन हुन नसक्दा स्थानीयको रोजगार पनि खोसिएको जिल्ला नागरिक समाजका संयोजक रुपबहादुर मल्ल बताउनुहुन्छ । यस्ता निर्माण कम्पनीलाई सम्बन्धित निकायले निकासा भए बमोजिम रकमको ब्याज असुल नगरेमा सम्बन्धित निकाय र निर्माण कम्पनीलाई सम्बन्धित निकायमा उजुरी गर्नुपर्ने उहाँको भनाइ छ । यता निर्माण कम्पनी जेविका सहायक सञ्चालक ध्रुव शाहीका अनुसार रारामा चिसोको कारणले काम गर्न नसकिएको उहाँको भनाइ छ।

यता साइकल लेनको उस्तै बिजोग

शङ्कर मालिका कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको रारा पर्यटकीय पूर्वाधार साइकल लेनको निर्माणकार्य २०७७ देखि अलपत्र छ । डिभिजन वन कार्यालयसँग सम्झौता भएको कार्यालय प्रमुख महतले भन्नुभयो । निर्माण कम्पनीले काम सञ्चालन गर्नलाई पहिलो किस्ता एक करोड रुपियाँ पेश्की लिएको देखिन्छ । छायाँनाथ रारा नगरपालिका-९ का स्थानीय समाजसेवी बिर्खबहादुर रोकायाका अनुसार रारा साइकल लेन निर्माणकार्यका लागि ल्याइएका गैर स्थानीय सामग्री इँटा, कंक्रिट यत्रतत्र फालिएका छन्। निर्माण कम्पनीको लापरवाहीका कारण काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।

यता डिभिजन वन कार्यालय मुगुका कार्यालय प्रमुुख गोविन्द महतले बहुवर्षीय योजना भएकोले २०८२ सालसम्म सक्नुपर्ने भए पनि आजसम्म ठेक्का कम्पनीको लापरबाहीले काम अगाडि नबढेको र निर्माण कम्पनी पनि अहिलेसम्म सम्पर्कमा नआएको बताउनुभयो । रारा राष्ट्रिय निकुञ्जका कार्यालय प्रमुख महेश न्यौपानेका अनुसार रारा राष्ट्रिय निकुञ्जभित्र पर्यटकीय पूर्वाधार निर्माण कार्यमा छिटोछरितो काम नभएको बताउनुहुन्छ । रारामा पर्यटकीय पूर्वाधार निर्माण समयमै सम्पन्न नहुँदा रारा घुम्न आउने पर्यटकलाई असहज भएको उहाँले गुनासो सुनाउनुभयो । सम्बन्धित निकायले पर्यटन पूर्वाधार समयमै सम्पन्न गरेमा रारा तालको आकर्षणले पर्यटक पनि भविष्यमा बढ्ने उहाँको भनाइ छ । डिभिजन वन कार्यालयको सहजीकरणमा रारामा सञ्चालन भएका योजना, रारा पर्यटन पदमार्ग र रारा साइकल लेन यी दुबै योजना अलपत्र परेका छन्।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...