अध्यादेश दुबै सदनबाट पारित हुन्छ : सञ्चारमन्त्री गुरुङ

Published on

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले सरकारले ल्याएका अध्यादेश दुवै सदनबाट पारित हुने बताउनुभएको छ । उहाँले सबै राजनीतिक दलको सहमतिमा अध्यादेश पारित हुने बताउनुभयो । मंगलबार लमजुङ सदरमुकाम बेसीसहरमा प्रथम खेलकुद तथा सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै उहाँले सरकारले ल्याएका अध्यादेशहरू ६० दिनभित्र दुबै सदनबाट पारित भएर अघि बढ्ने बताउनुभयो ।

मन्त्री गुरुङले भन्नुभयो, “वर्तमान सरकारले ल्याएका अध्यादेश लोक कल्याणकारी भएकाले पारित हुन्छन् । दशकौंका पुराना कानुनहरूले अहिलेको परिस्थितिअनुसार काम गर्न जटिल भएकाले पनि नयाँ कानुनका लागि अध्यादेश ल्याइएको हो । सूचना प्रविधि, शिक्षा, सुशासन तथा सहकारीका क्षेत्रमा सुधार गर्नु अहिलेको जल्दोबल्दो आवश्यक देखिएको छ । यो अध्यादेशले यी समस्यालाई हटाएर जनभावनानुसार काम गर्न सकिन्छ र देशमा समृद्धि आउँछ ।” अध्यादेशले उद्योग व्यवसायी समेत उत्साही देखिएको उहाँले बताउनुभयो। अनलाइन तथा सहकारी समेतमा देखिएको समस्यालाई नियमन गर्न अध्यादेश आएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुशासनको प्रत्याभूति जनताले पाउनुपर्छ । अर्थतन्त्र दरो नभए देशमा समृद्धि आउन नसक्ने भएकाले पनि समयसापेक्षका लागि अध्यादेश अपरिहार्य थियो ।” पुराना अड्किएर बसेका ऐनहरू पारित हुँदैगएको र अब छिट्टै बाँकी ऐन कानुन पनि पारित हुने उहाँले बताउनुभयो । उहाँले निजामती कर्मचारी ऐन, शिक्षा ऐन, नेपाल प्रहरी ऐन, सशस्त्र प्रहरी बल ऐन पनि छिट्टै आउने बताउनुभयो । भलिबल, कराँते, छेलोलगायतका विभिन्न खेल र स्थानीय संस्कृतिको प्रचार–प्रसार गर्न आयोजित महोत्सव १८ गतेसम्म सञ्चालन हुने आयोजक जिल्ला खेलकुद विकास समिति लमजुङले जानकारी दिएको छ । युवालाई खेल, संस्कृति र ब्यवसायतर्फ आकर्षित गर्न महोत्सवले भूमिका खेल्ने आयोजक समितिका अध्यक्ष योगबहादुर गुरुङले बताउनुभयो ।

“महोत्सवको माध्यमबाट पर्यटन प्रवर्धन गरी जिल्लाको आर्थिक विकासमा टेवा दिनुका साथै खेल पूर्वाधारको विकासमा लगानीको वातावरण बनाउने उद्देश्य लिएका छौं” गुरुङले भन्नुभयो, “महोत्सवबाट भएको आम्दानीले बेंसीसहरमा रहेको सहज खेल मैदान विस्तारका लागि थप जग्गा खरिद गर्ने योजना बनाएका छौं ।” महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला प्रदर्शनी, कृषि, पशु तथा जडीबुटी प्रदर्शनी, सांस्कृतिक झाँकी, परम्परागत खाना महोत्सव, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, बाल उद्यान, पर्यटन प्याकेज टुरजस्ता कार्यक्रम राखिएको गण्डकी प्रदेश खेलकुद परिषद सदस्य दिवाकर बरालले जानकारी दिनुभयो । महोत्सवमा दुईसय स्टल राखिएका छन् । करिब ६ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवबाट करिब डेढ करोड रुपियाँ आम्दानी हुने अपेक्षा राखिएको आयोजक समितिका कोषाध्यक्ष प्रल्हाद बोहोराले जानकारी दिनुभयो ।

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...