राससको ६४ औँ वार्षिकोत्सवः १२ जनालाई पुरस्कार

Published on

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ६४औँ वार्षिकोत्सवका अवसरमा छ विधामा १२ जना राससकर्मीलाई पुरस्कार प्रदान गर्ने भएको छ । बुधबार राससको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजना हुने मूल समारोहमा उहाँहरुलाई पुरस्कार प्रदान गरिने छ । रासस सञ्चालक समितिकिो आजको बैठकको निर्णयअनुसार उत्कृष्ट जिल्ला समाचारदाता पुरस्कार ललितपुरका माधवप्रसाद घिमिरे, कैलालीका तिलकराज ओझा र सुनसरीकी सङ्गीता राईलार्ई जनही २० हजार नगद र प्रमाणपत्र प्रदान गरिनेछ । यसै गरी, उत्कृष्ट आलेखतर्फको पुरस्कार झापाका विशेष समाचारदाता चन्द्रकला भण्डारी र सम्पादक टिकाराम सुनारलाई प्रदान गरिने छ । प्रमाणपत्रका साथ यो पुरस्कारको राशि जनही १० हजार छ ।

पत्रकार भण्डारीको गत जेठ ३० गते प्रकाशित ‘बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो’ र सुनारको मङ्सिर २१ गते प्रकाशित ‘मनोरञ्जन क्षेत्रमा हिंसा, रङ्गीन क्षेत्र नै रङ्गहीन’ शीर्षकका आलेख उत्कृष्ट ठहरिएका हु्न् । उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तर्राष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्मा र नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी छविलाल माललाई दिइने निर्णय भएको छ । उहाँहरुलाई जनही १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ । यसै गरी, उत्कृष्ट समाचार सङ्कलनतर्फ भरतपुर कार्यालय प्रमुख नारायणप्रसाद अधिकारी र केन्द्रीय कार्यालयका समाचारदाता कालिका खड्कालाई पुरस्कार प्रदान गरिनेछ । उहाँहरुलाई जनही १० हजार र प्रमाणपत्र प्रदान गरिने छ । बीस हजार राशिको उत्कृष्ट फोटो पत्रकारिता फोटो पत्रकार हरिराम भेटवाललाई प्रदान गरिने भएको छ ।

उत्कृष्ट कर्मचारीतर्फ केन्द्रीय कार्यालयका कार्यालय सहयोगी राजिनन साह र मधेस प्रदेश कार्यालय जनकपुरका कार्यालय सहयोगी सूर्यप्रसाद बरालले प्रदान गरिने छ । यो पुरस्कारको राशि १० हजार छ । नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा गठित पुरस्कार छनोट सिफारिस उपसमितिको सिफारिसलाई सञ्चालक समितिले अनुमोदन गरेको हो । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...