‘असहमत हुने मन्त्रीले राजीनामा दिए हुन्छ’

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफूसँग काम गर्न असहज लाग्नेले मन्त्री पदबाट राजीनामा दिँदा हुन्छ भनी अभिव्यक्ति दिनुभएको छ । कञ्चनपुरको महेन्द्रनगरमा सोमबार आयोजित आर्थिक मामिला मन्त्रालय र नीति तथा योजना आयोगको आर्थिक वर्ष २०८१/८२ को अर्धवार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो । मुख्यमन्त्री शाहले स्पष्ट रूपमा भन्नुभयो, “मसँग असहज मान्ने मन्त्रीले राजीनामा दिएर जाँदा हुन्छ र कर्मचारीले पनि सरुवा लिएर जान सुझाव छ ।”

विभिन्न किसिमका तर्क दिएर बजेट कार्यान्वयन ढिला गराउने र अल्झाउने काम कसैले नगर्दिनुहोला भन्दै उहाँले कुनै मन्त्री र राज्यमन्त्रीलाई काम गर्न असहज छ भने राजीनामा दिए हुन्छ, कर्मचारीलाई असहजता महसुस भएको छ भने सरुवा लिएर गए हुन्छ तर सुशासन र जनतालाई सेवासुविधा दिने कुरामा कोही कसैसँग सम्झौता नहुने बताउनुभयो । मुख्यमन्त्री शाहले बजेट निर्माण गर्दा केही न केही मापदण्ड बनाएर अघि बढ्नु पर्छ, त्यसो गर्न सके जनताका काम सहज रूपमा हुने बताउनुभयो । उहाँले जनतालाई सेवासुविधा दिने क्रममा कुनै समस्या आए आफूले समाधान गर्ने र त्यसका लाग जेल जानु परे जान पनि तयार रहेको बताउनुभयो ।

मुख्यमन्त्री शाहले बजेटमा बजेटलाई जनतामुखी र उत्पादनमुखी बनाउन सकिन्छ त्यसका लागि स्पष्ट खाका लिएर आउन निर्देशन दिनुभयो । सही ढङ्गले काम गरे अहिलेकै कर्मचारीले धेरै हुने बताउँदै उहाँले कर्मचारी अभावका कारण कार्यसम्पादन कम भएको भन्ने कुरा गलत रहेको बताउनुभयो । उहाँले सो अवसरमा चालु वर्षका आयोजना पनि के कसरी अगाडि बढ्दै छन्, तालिकासहित मुख्यमन्त्री कार्यालयलाई जानकारी गराउन पनि निर्देशन दिनुभयो । गत वर्ष साढे ३६ अर्बको बजेट साढे २९ अर्बमा ल्याउने हिम्मत पनि आफैँले गरेको दाबी पनि उहाँले गर्नुभयो । सो कार्यक्रममा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेश सरकारका मन्त्री, राज्यमन्त्री, प्रदेश सभा सदस्य, प्रमुख सचिव, सबै मन्त्रालयका सचिवको सहभागिता रहेको थियो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...