दाङमा मनाइयो ७५ औं प्रजातन्त्र दिवस

Published on

काठमाडौँ । प्रजातन्त्र दिवसको अवसरमा दाङमा प्रभातफेरी निकालेर ७५ औं प्रजातन्त्र दिवस मनाइएको छ । जिल्ला मूल समारोह समितिको आयोजनामा प्रभातफेरी आयोजना गरेर प्रजातन्त्र दिवस मनाइएको दाङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय दाङको परिसरबाट सुरु भएको प्रभातफेरी घोराही बजारमा परिक्रमा गरेर प्रजातन्त्र दिवस मनाइएको प्रमुख जिल्ला अधिकारी लम्सालले बताउनुभयो । प्रजातन्त्र दिवसको प्रभातफेरीमा दाङका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, सरकारी तथा गैर सरकारीका कर्मचारीको उपस्थिति रहेको उहाँले बताउनुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...