थ्रेसहोल्डको सीमा बढाउन खोज्नु गलत छ : नेता श्रेष्ठ

Published on

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले दुईदलीय व्यवस्था ल्याउनेगरी ठुला दलले बढाउन खोजेको थ्रेसहोल्डका सीमा गलत भएको बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले त्यस्तो बताउँदै संविधान संशोधनका लागि पनि सबै दलसँग परामर्श गरेर मात्र गर्न उहाँले दुई दलका नेतासँग आग्रह गर्नुभयो । वर्तमान सरकारले जनताका आधारभूत आवश्यकता पूरा गर्नमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।

सबै जाति, वर्ग र क्षेत्रको पक्षमा, थप जनमुखी साथै निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, पूर्ण समानुपातिक निर्वाचण प्रणाली हुनेगरी संविधान संशोधन गर्न माओवादी तयार रहेको उहाँले बताउनुभयो । उहाँले ताप्लेजुङको पाथीभरामा निर्माण गर्न लागेको केबुलकार योजनाका विषयमा गोली चल्नु दुःखद भएको टिप्पणी गर्नुभयो । स्थानीय समुदायको भावना र मागलाई सम्बोधन गरेर मात्र केबुलकार बनाउनुपर्ने उहाँको सुझाव छ । वार्ताको माध्यमबाट समस्याको समाधान गर्नुपर्ने उहाँले जोड दिनुभयो । नेता श्रेष्ठ बुधबार हुने माओवादी केन्द्र मैवाखोला गाउँपालिका कमिटीको तेस्रो अधिवेशन उद्घाटन गर्न ताप्लेजुङ आउनुभएको हो ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...