फोनिज म्याग्दी अध्यक्षमा गर्बुजा मगर

Published on

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), म्याग्दी शाखाको अध्यक्षमा धनिलाल गर्बुजा मगर चयन हुनुभएको छ । मङ्गलबार जिल्ला सदरमुकाम बेनीमा सम्पन्न दोस्रो अधिवेशनबाट गर्बुजा अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएको हो । निवर्तमान अध्यक्ष साधन राम्जालीका अनुसार, उपाध्यक्षमा दलप्रसाद तिलिजा, सचिवमा गणेश गुरुङ (गणेश), कोषाध्यक्षमा बिनोद पुर्जा र सहसचिवमा दिपा बुढाथोकी चयन हुनुभएको छ ।

यसैगरी सदस्यहरुमा लिलकुमारी पुर्जा मगर, मनु थापा मगर, गुनबहादुर पुन मगर रहनुभएको छ । प्रदेश प्रतिनिधिमा सुदर्शनकुमार श्रेष्ठ र हिरामोती जुग्जाली तथा सङ्घीय प्रतिनिधिमा साधन राम्जाली र गुनबहादुर पुन रहनुभएको छ । अध्यक्ष गर्बुजा म्याग्दी न्युज डटकम र फेवा टेलिभिजन संवाददाता हुनुहुन्छ । फोनिज गण्डकी प्रदेश इञ्चार्ज एमवी आस्था मगरले अधिवेशनको उद्घाटन गर्दै फोनिजले जनजाती पत्रकारको हित, क्षमता बिकास र प्रोत्साहनका लागि काम गर्नुपर्ने बताउनुभयो । यसैगरी फोनिज गण्डकी प्रदेश अध्यक्ष रुद्र श्रीस मगर, नेपाल पत्रकार महासङ्घ म्याग्दीका उपाध्यक्ष तथा म्याग्दी मिडिया सोसाइटी अध्यक्ष अमित विश्वकर्मा, फोनिज बागलुङका अध्यक्ष डम्मर बुढा मगरलगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...