पत्रकारिता राज्यको चौथो अङ्ग हो : मन्त्री सार्की

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले पत्रकारिता राज्यको चौथो अङ्ग रहेको बताउनु भएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औं वार्षिकोत्सवको अवसरमा धनगढीमा आज आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । पत्रकारितामा ठुलो शक्ति रहेको मन्त्रीको भनाइ थियो । “पत्रकारले सही ढङ्गले कलम चलाइदिए प्रदेश र जिल्लाको समृद्धिमा ठुलो सहयोग पुग्छ”, उहाँले भन्नुभयो । राससप्रतिको विश्वास उहिलेदेखि अहिलेसम्म यथावत् रहेको मन्त्री सार्कीको भनाइ थियो ।

यसैगरी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव वसन्तप्रसाद कोइरालाले सूचनाको हकलाई ओझेलमा राखेर प्रजातन्त्र र जनताको समृद्धि नहुने बताउनुभयो । पत्रकारिता र पत्रकारको सम्मान भएमा प्रजातन्त्र सबल हुने उहाँको भनाइ थियो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले राससले नकारात्मकभन्दा सकारात्मक समाचार दिनु प्रशंसनीय कार्य रहेको उल्लेख गर्नुभयो । रासस सुदूरपश्चिम प्रमुख सिद्धराज भट्टको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख भट्टले आगामी दिनमा राससले थारु र डोटेली भाषामा समाचार दिने जमर्को भइरहेको बताउनुभयो । कार्यक्रममा राससका उत्कृष्ट समाचारदाता तिलक ओझालाई सम्मान गरिएको छ ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...