पत्रकारिता राज्यको चौथो अङ्ग हो : मन्त्री सार्की

Published on

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले पत्रकारिता राज्यको चौथो अङ्ग रहेको बताउनु भएको छ । राष्ट्रिय समाचार समिति (रासस) को ६४ औं वार्षिकोत्सवको अवसरमा धनगढीमा आज आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । पत्रकारितामा ठुलो शक्ति रहेको मन्त्रीको भनाइ थियो । “पत्रकारले सही ढङ्गले कलम चलाइदिए प्रदेश र जिल्लाको समृद्धिमा ठुलो सहयोग पुग्छ”, उहाँले भन्नुभयो । राससप्रतिको विश्वास उहिलेदेखि अहिलेसम्म यथावत् रहेको मन्त्री सार्कीको भनाइ थियो ।

यसैगरी, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव वसन्तप्रसाद कोइरालाले सूचनाको हकलाई ओझेलमा राखेर प्रजातन्त्र र जनताको समृद्धि नहुने बताउनुभयो । पत्रकारिता र पत्रकारको सम्मान भएमा प्रजातन्त्र सबल हुने उहाँको भनाइ थियो । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले राससले नकारात्मकभन्दा सकारात्मक समाचार दिनु प्रशंसनीय कार्य रहेको उल्लेख गर्नुभयो । रासस सुदूरपश्चिम प्रमुख सिद्धराज भट्टको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख भट्टले आगामी दिनमा राससले थारु र डोटेली भाषामा समाचार दिने जमर्को भइरहेको बताउनुभयो । कार्यक्रममा राससका उत्कृष्ट समाचारदाता तिलक ओझालाई सम्मान गरिएको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...