शान्ति सद्भाव भड्काएको आरोपमा एक जना पक्राउ

Published on

काठमाडौँ । धरान उपमहानगरपालिकामा शान्ति सद्भाव भड्काएको आरोपमा धरान–१० निवासी सिर्जना बेघालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–१३ अमरहाटबाट बेघालाई पक्राउ गरेको हो । सामाजिक सञ्जालमा अपवाह फैलाएर धरानको शान्ति सद्भाव भड्काएको आरोपमा बेघालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरान सुनसरीका प्रहरी नायब उपरीक्षक प्रकास जबेगुले बताउनुभयो । केही समयदेखि धरानको शान्ति सद्भाव भड्काउँदै कानुनविपरीतका क्रियाकलाप गरेकाले पक्राउ गरिएको उहाँले बताउनुभयो । यस अगाडि पनि पटक–पटक कानुनविपरीत कार्य गरेको आरोपमा बेघा पक्राउ परेकी थिइन् । पक्राउ परेको बेघामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

spot_img

ताजा समाचार

‘पार्टी विधानले महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्र दिएको छ’

काठमाडौं । नेपाली कांग्रेस शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विधानले कुनै...

चीन-अल्जेरिया अन्तरिक्ष सहकार्यः नयाँ उपग्रह प्रक्षेपण

काठमाडौं । चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट ‘अल्जेरियाको भू-संवेदन उपग्रह’ सफलतापूर्वक...

दोलखामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको...

प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलले भेट गरेको छ । आज...