शान्ति सद्भाव भड्काएको आरोपमा एक जना पक्राउ

Published on

काठमाडौँ । धरान उपमहानगरपालिकामा शान्ति सद्भाव भड्काएको आरोपमा धरान–१० निवासी सिर्जना बेघालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार बिहान इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–१३ अमरहाटबाट बेघालाई पक्राउ गरेको हो । सामाजिक सञ्जालमा अपवाह फैलाएर धरानको शान्ति सद्भाव भड्काएको आरोपमा बेघालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय धरान सुनसरीका प्रहरी नायब उपरीक्षक प्रकास जबेगुले बताउनुभयो । केही समयदेखि धरानको शान्ति सद्भाव भड्काउँदै कानुनविपरीतका क्रियाकलाप गरेकाले पक्राउ गरिएको उहाँले बताउनुभयो । यस अगाडि पनि पटक–पटक कानुनविपरीत कार्य गरेको आरोपमा बेघा पक्राउ परेकी थिइन् । पक्राउ परेको बेघामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार

कोशी प्रदेशमा हिमपातको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन...

‘विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी छ’

काठमाडौँ । सुदूरपश्चिमको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले विपद् प्रतिकार्य योजनामा जुट्न जरुरी...

कालीगण्डकीमा भारतीय नागरिक मृत फेला

काठमाडौँ । कालीगण्डकीमा नुहाउने क्रममा बेपत्ता भएका भारतीय नागरिक आइतबार मृत फेला परेको छ...

ट्यांकरले ठक्कर दिँदा दुई स्कुले बालकको मृत्यु, स्थानीयद्वारा आगजनी

काठमाडौँ । बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी चोकमा पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा साइकलमा...