प्रकृति लम्सालको स्वर्गद्वारी घाटमा अन्त्येष्टि, ७६ वर्षीय हजुरबुबाद्वारा दागबत्ती

Published on

काठमाडौँ । बुधवार राति नेपाल ल्याइएकी प्रकृति लम्सालको बिहीबार अन्त्येष्टि गरिएको छ । भारतमा मृत्यु भएकी भैरहवाकी विद्यार्थी प्रकृतिको शव बुधवार राति ११ बजे गृह जिल्ला रुपन्देही ल्याइएको थियो । उहाँको शव सिद्धार्थनगर नगरपालिका–८ स्थित बैंक कोलोनी घरमा रातभर राखेर बिहान स्वर्गद्वारी घाटमा लगेर अन्त्येष्टि गरिएको हो । भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत प्रकृतिको त्यहाँ मृत्यु भएको थियो । लम्साललाई उहाँका हजुरबुवा ७६ वर्षीय देवनाथ लम्सालले दागबत्ती दिनुभएको छ ।

प्रकृतिको अन्त्येष्टिमा सयौँ स्थानीय सहभागी भएका थिए । सुरक्षा अधिकारीहरू, उद्योगी–व्यवसायी, स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता थियो । प्रकृतिको शव घरमा ल्याउँदा आफन्त र त्यहाँ उपस्थित स्थानीय भावविह्वल भएका थिए । पारिवारिक स्रोतका अनुसार प्रकृतिको शव बुधवार ओडिसाबाट गोरखपुरसम्म हवाईजहाजमा र गोरखपुरबाट घरसम्म गाडीमा ल्याइएको थियो । ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टेलको कोठामा झुन्डिएको अवस्थामा मृत फेला पर्नुभएको थियो । सोही कलेजमा अध्ययनरत भारतकै विद्यार्थी अडिवक श्रीवास्तवले दिने गरेको मानसिक यातनामा कजेल प्रशासन मौन रहनु प्रकृतिको मृत्युको कारण भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । प्रकृतिका आफन्त सिद्धान्त सिग्देलले कलेज प्रशासनलाई अड्विक श्रीवास्तवले पटक पटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीले राति अन्त्येष्टि गरिएको र अहिले यहाँको स्थिति नर्मल रहेको बताउनुभयो ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...