पोखरामा जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता हुँदै

Published on

काठमाडौँ । कास्की जिल्ला जुडो सङ्घको आयोजनामा ‘जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता–२०८१’ हुने भएको छ । ‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फागुन ९ र १० गते उक्त प्रतियोगिता हुने भएको हो । पोखरा रङ्गशाला स्थित मल्टिपल कभर्ड हलमा सो प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुने भएको छ । यस प्रतियोगितामा देशैभरबाट विभिन्न तौल समूहअन्तर्गत महिला र पुरुष गरी एक सय पाँच जना खेलाडीहरु सहभागि हुने भएको छ ।

विशेषगरी खेलाडीहरुको क्षमता अभिवृद्धि र प्रोत्साहान स्वरुप सो कार्यक्रमको आयोजना गरिएको सङ्घका सचिव ज्योति हमालले जानकारी दिनुभयो । यस प्रतियोगितामा पुरुषतर्फ –२५, –३५, –४०, –४५, –५०, ५५, ६०, –६६ र +७३ केजी गरी नौ तौल समूहमा प्रतिस्पर्धा हुने उहाँले बताउनुभयो । त्यस्तै, सचिव हमालका अनुसार महिलातर्फ –२५, –३५, –४०, –४४, –४८, ५२ र +५७ केजी गरी सात तौल समूहमा प्रतिस्पर्धा हुने भएको छ । यस्तै, यस प्रतियोगिता आयोजना गर्नुको अर्को मूख्य उद्देश्य भनेको यस क्षेत्रमा जुडो खेलको समग्र विकासका साथ–साथै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु रहेको सङ्घका अध्यक्ष पदम छन्त्यालले बताउनुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...