वडाध्यक्षको निधनमा फाल्गुनन्द गाउँपालिकामा सार्वजनिक बिदा

Published on

काठमाडौँ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । सोही गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष सुखबीर नेम्वाङको निधनमा आज शोक मनाउन सार्वजनिक बिदा दिएको हो । क्यान्सर रोगले पीडित नेम्वाङको बुधबार बिहान ४६ वर्षको उमेरमा निधन भएको थियो । गाउँपालिका अध्यक्ष बृजहाङ आङदेम्बेले शोेक विज्ञप्ति प्रकाशन गर्दै गाउँपालिका, वडा कार्यालयहरु, स्वास्थ्य र शैक्षिक संस्थासँगै बैंक र वित्तीय संस्थाहरुमा शोक बिदा दिने जानकारी सार्वजनिक गर्नु भएको हो । आङदेम्बेद्वारा प्रकाशित शोक विज्ञप्तिमा नेम्वाङ एक होनहार जनप्रतिनिधि, सामाजिक अभियन्ता र खेलाडी रहेको उल्लेख छ । उहाँले पुर्‍याएको योगदानलाई गाउँपालिकाले सदैव स्मरण गर्ने विज्ञप्तिमा उल्लेख छ । नेम्वाङ २०७४ र २०७९ गरी दुई पटक फाल्गुनन्द ३ को वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो । नेपाली कांग्रेस फाल्गुनन्द गाउँपालिका सभापति समेत रहनुभएका नेम्वाङ भलिबल खेलबाट कोशी प्रदेश भरी चिनिनुभएको थियो ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...