‘आउँदो निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउँछ’

Published on

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ । बिहीवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । अहिलेको समीकरण ०८४ सम्म अगाडि बढाउने भन्दै उहाँले हल्लाको पछि नलाग्न समेत सबैलाई सचेत गराउनु भएको छ । त्यसपछि दुवै दल आ–आफ्नै तरिकाले चुनाव लड्ने उहाँको भनाइ छ । ‘अब बिस्तारै नेपालमा निर्वाचनका लागि राजनीतिक समीकरण गर्ने गलत परम्परा अन्त्य हुनुपर्छ । आआफ्नो तरिकाले चुनाव लड्नुपर्छ। समीकरणले सरकार फेरबदल भइरहने परम्पराको अन्त्य हुनुपर्छ’ उहाँले भन्नुभयो । सरकारले २९ वटा कानुनलाई सच्याउने गरी ६ वटा अध्यादेश ल्याइएको भन्दै उहाँले त्यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो । अध्यादेश जसरी पनि पास हुने उहाँको भनाइ छ । भूमि सम्बन्धी अध्यादेशको विषयमा उपेन्द्र यादवसँग कुरा भइरहेको र यो विधेयक पनि पास हुने उहाँले बताउनुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...