‘आउँदो निर्वाचनबाट एमालेले बहुमतको सरकार बनाउँछ’

Published on

काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले ०८४ पछि एमालेले बहुमतको सरकार बनाउने दाबी गर्नुभएको छ । बिहीवार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनका बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । अहिलेको समीकरण ०८४ सम्म अगाडि बढाउने भन्दै उहाँले हल्लाको पछि नलाग्न समेत सबैलाई सचेत गराउनु भएको छ । त्यसपछि दुवै दल आ–आफ्नै तरिकाले चुनाव लड्ने उहाँको भनाइ छ । ‘अब बिस्तारै नेपालमा निर्वाचनका लागि राजनीतिक समीकरण गर्ने गलत परम्परा अन्त्य हुनुपर्छ । आआफ्नो तरिकाले चुनाव लड्नुपर्छ। समीकरणले सरकार फेरबदल भइरहने परम्पराको अन्त्य हुनुपर्छ’ उहाँले भन्नुभयो । सरकारले २९ वटा कानुनलाई सच्याउने गरी ६ वटा अध्यादेश ल्याइएको भन्दै उहाँले त्यसमा कुनै शङ्का गर्नुपर्ने ठाउँ नरहेको जिकिर गर्नुभयो । अध्यादेश जसरी पनि पास हुने उहाँको भनाइ छ । भूमि सम्बन्धी अध्यादेशको विषयमा उपेन्द्र यादवसँग कुरा भइरहेको र यो विधेयक पनि पास हुने उहाँले बताउनुभयो ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...