कुमारी सहकारीको रकम अपचलन आरोपमा कस्तुरी सहकारीका प्रबन्धक गिरफ्तार

Published on

काठमाडौँ । गत माघ २० गते पाँच जनालाई गिरफ्तार गरेर अनुसन्धान थालेको प्रहरीले कुमारी सहकारीको रकम अपचलनको आरोपमा बेनी नगरपालिका–७ को कस्तुरी बहुउद्देश्यीय सहकारी संस्थाका प्रबन्धकलाई गिरफ्तार गरेको छ । कस्तुरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष राजेश शाक्यले सहकारीका प्रबन्धकलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गर्नुभयो ।

बेनी नगरपालिका–४ कलङ्कुरका ४० वर्षीय लोकबहादुर पुनलाई म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा गिरफ्तार गरेको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक९इन्स्पेक्टर० सागर पौडेलका अनुसार प्रहरीले बिहीबार गिरफ्तार गरी जिल्ला अदालत म्याग्दीबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको छ । यस अगाडि गएको माघ २० गते कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन आरोपमा पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले २३ गते सहकारीको बेनी नगरपालिका–८ मा मा रहेको कार्यालयलाई सिल गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले २० माघमा कुमारी बहुउद्देश्यीय सहकारीका पूर्व उपाध्यक्ष बेनी नगरपालिका–१ रत्नेचौरका ३६ वर्षीय राजकुमार थापा, रघुगङ्गा गाउँपालिका–५ झिँका ६७ वर्षीय मनप्रसाद थजाली, अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका ६६ वर्षीय थामबहादुर गर्बुजा, पर्वत लेख फाँटका ५३ वर्षीय रुद्रबहादुर गुरुङ र बेनी नगरापालिका–१ रत्नचौरकी ४९ वर्षीय देवीकुमारी थापालाई गिरफ्तार गरेको थियो । जिल्ला अदालत म्याग्दीबाट पहिलो पटक माघ २० गते तीन दिन र दोस्रो पटक माघ २३ गते पाँच दिनको म्याद थपेको प्रहरीले २७ गते तेस्रो पटक सात र चौथो पटक पनि सात दिनकै म्याद अदालतबाट थप गराएर अनुसन्धान गरिरहेको छ । बिहीबार गिरफ्तार गरिएका लोकबहादुर पुनलाई पनि माघ २० मा गिरफ्तार गरिएकै मिति अनुसार अनुसन्धान गर्दै म्याद सदर हुने गरी अनुसन्धान अगाडि बढाएको इन्स्पेक्टर पौडेलले जानकारी दिनुभयो ।

सहकारी रजिष्टार कार्यालय पोखराको चलानी नं। ४१२ मिति २०८१ माघ १८ गतेको पत्रका आधारमा नै अनुसन्धान भइरहेको र सोही प्रयोजनका लागि सहकारीका सञ्चालक तथा व्यवस्थापक एवम् अरूहरूलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सहकारी ऐन–२०७४ अन्तर्गत परिभाषित कसुरमा उजुरी दर्ता भई अनुसन्धानको क्रममा रहेकोले प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले पीडितहरूबाट माग गरेअनुसार निवेदनहरू आउने क्रम जारी रहेको बताउनुभयो । सञ्चालकहरूले केही बचतकर्ताको रकम फिर्ता पनि गरेको हुनाले फिर्ता हुन बाँकीको निवेदन माग गरिएको उहाँको भनाइ छ । बेनी नगरपालिका–१० का वडा अध्यक्ष मसबिर रोकाले सहकारी पीडितहरूले निवेदन दर्ताका लागि जाँदा लेखापढी गर्नेहरूले पीडितलाई ठगेको आरोप लगाउनुभएको छ । उहाँले भन्नुभयो–‘एउटा पानामा अलिकति शब्द लेखिएका छन् तर हजार हजार लिएको छ ।’ सहकारीमै पैसा फिर्ता हुने नहुने टुङ्गो छैन त्यसमाथि पनि गाउँबाट बजार आउने भाडा, निवेदन लेख्ने वकिलले पनि त्यसैलाई मौका ठानेर रकम असुल्दा जनता मारमा परेका छन् ।

spot_img

ताजा समाचार

सरकारी कर्मचारीको तलब वृद्धि आजदेखि लागू

नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएसँगै सरकारी कर्मचारीहरूको नयाँ तलबमान आजदेखि लागू भएको छ।...

मिटरब्याज समस्याको समाधानका लागि सहमतिको मस्यौदा तयार

मिटरब्याज समस्याको दीर्घकालीन समाधानका लागि नेपाल सरकार र आन्दोलनरत पक्षबीच सहमतिको मस्यौदा तयार भएको...

ग्रामीण क्षेत्रमा पनि क्यान्सर र नसर्ने रोग बढ्दै

उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा पछिल्ला वर्षहरूमा क्यान्सर, उच्च रक्तचाप, मधुमेह र श्वासप्रश्वाससम्बन्धी नसर्ने रोगका बिरामी...

स्मार्ट लाइसेन्स अब बर्सौं कुर्नु नपर्ने

सरकारले लामो समयदेखि छाप्न बाँकी रहेका २७ लाख स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) तीन महिनाभित्र...