अनुदानमा प्राङ्गारिक मल वितरण

Published on

काठमाडौँ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई प्राङ्गारिक मल वितरण सुरु गरेको छ । खेतीबालीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लीयपन बढ्दै गएपछि त्यसलाई कम गर्न कृषकलाई अनुदानमा प्राङ्गारिक मल वितरण सुरु गरेको हो । खासगरी रासायनिक मलको प्रयोगले उब्जाउ कम हुने, कतिपय स्थानमा खेती नै नहुने समस्या कम गरी उर्वराशक्ति ह्रास हुन नदिन तथा माटोलाई मर्न नदिन, अम्लीयपन बढ्नबाट रोक्न र उत्पादन बढाउन प्राङ्गारिक मलको प्रयोग बढाउने उद्देश्यले अनुदानमा प्राङ्गारिक मल वितरण सुरु गरिएको सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँले जानकारी दिनुभयो ।

उहाँले किसानले रासायनिक मल र विषादीको जथाभावी प्रयोग गर्दा पिएच मानसँगै नाइट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून हुने हुँदा नगरपालिकाले प्राङ्गारिक मललाई प्रोत्साहन गरेको बताउनुभयो । नगरपालिकाले वितरण गर्न लागेको यो मल खासगरी कौसी खेती, करेसाबारी, फलफूलका बिरुवाहरुमा बढी लाभदायी हुने नगरपालिकाका कृषि शाखा प्रमुख योगेन्द्रप्रसाद यादवले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा नगरपालिकाले सातसय ७२ बोरा प्राङ्गारिक मल वितरण गर्ने छ । २५ किलोग्रामको एक बोरालाई बजारमा प्रतिकेजी ३२ रुपियाँ पर्छ । नगरपालिकाले कृषकलाई १६ रुपियाँमा वितरण गरिरहेको हो । यो मल झारपात, कुखुराको सुली जस्ता फालिएको फोहोरबाट बन्ने हुँदा अर्गानिक खेतीको लागि बढी उपयोगी रहेको उहाँले बताउनुभयो । कम जग्गा भएका र कौसी खेती गर्नेलाई लक्षित गरी मल वितरण गरिएको हो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...