तम्घासमा किरियापुत्री भवन निर्माण

Published on

काठमाडौँ । गुल्मीको सदरमुकाम तम्घासमा किरियापुत्री भवन निर्माण गरिएको छ । बजार क्षेत्रमा भाडाका घरमा बसोवास गर्ने र विपन्न गरिब नागरिकलाई काजकिरिया कर्म गर्न सहज होस् भन्ने उद्देश्यसहित रेसुङ्गा नगरपालिका ९ को गणेश मन्दिर नजिकै किरियापुत्री भवन निर्माण गरिएको हो । स्थानीय नागरिकको पहल र माग अनुसार यहाँ सुविधा सम्पन्न भित्रै शौचालयसहितको भवन निर्माण गरिएको छ । लुम्बिनी प्रदेश सरकार र रेसुङ्गा नगरपालिकाको गरी कुल २३ लाख रुपियाँ लागतमा सो भवन निर्माण गरिएको हो । भवनमा दुई परिवारसम्म बस्न मिल्नेछ । बजेट अभावका कारण लामो समय लगाएर निर्माण कार्य सम्पन्न भएको यस किरियापुत्री भवनको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले उद्घाटन गर्नुभयो।

भवनको उद्घाटन गर्नुहुँदै नगरप्रमुख पन्थीले किरियापुत्री भवनले बजार क्षेत्रका भाडामा बस्ने नागरिकसँगै यस नगरपालिका भित्रका विपन्न गरिब परिवारलाई धार्मिक परम्परा अनुसार काजकिरिया कर्म गर्न सहज हुने बताउनुभयो । उहाँले कतिपय नागरिकलाई घरमा काजकिरिया कर्म गर्न असहज हुने हुँदा यहाँ निर्माण गरिएको भवनमा सहज हुने भन्दै बिस्तारै यसको स्तरोन्नति गरिने बताउनुभयो । तत्काल यस भवनमा विद्युत् र पानीको अभाव भएको हुँदा छिट्टै यसको व्यवस्थापन मिलाइने भन्दै नगरप्रमुख पन्थीले नजिकै छुट्टै ट्रस समेत निर्माण गरिने बताउनुभयो। किरियापुत्री भवनले दुःखद कार्यमा परेका नागरिकलाई सहजता प्राप्त हुने बताउनुभयो । निर्माण भएका सामाजिक संरचनाहरू संरक्षणको अभावमा रहेको देखिएको हुँदा सामाजिक संरचनाहरूको प्रयोगसँगै संरक्षण गर्न जरुरी रहेको उहाँले बताउनुभयो।

रेसुङ्गा नगरपालिकाभित्रका सबै नागरिकले यसको सहि प्रयोग गर्न जरुरी रहेको भन्दै वडा नम्बर ९ का वडाध्यक्ष कृष्णप्रसाद पाण्डेले दुखद कार्यमा परेका नागरिकको सहजतामा ठुलो सहयोग पुर्‍याउने बताउनुभयो । कुनै पनि नागरिक काजकिरिया गर्नबाट बन्चित नहोस् भन्ने मुख्य उदेश्य रहेको भन्दै यहाँबाट धार्मिक परम्परा अनुसार काजकिरिया गर्न सकिने उहाँले बताउनुभयो । नागरिकस्तरको मागसँगै पहलबाट लामो समयपछि यहाँ किरियापुत्री भवन निर्माण भएको हुँदा भाडामा बस्ने र गरिबीको रेखामुनि रहेका समुदायहरू धार्मिक परम्परा अनुसार काजकिरिया गर्नबाट बन्चित हुन नपर्ने स्थानीय लालमणी आचार्यले बताउनुभयो। बाहिरबाट आएर तम्घासमा बसेका समुदायले काजकिरिया गर्नका लागि निकै समस्या भएको देखिएको हुँदा नगरपालिकामा किरियापुत्री भवन निर्माणका लागि माग गरिएको उहाँले बताउनुभयो ।

भवन उद्घाटन कार्यक्रममा रेसुङ्गा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक लिलाधर आचार्य, वडा नम्बर-१ वडा अध्यक्ष रामप्रसाद पन्थीलगायतका जनप्रतिनिधि, नगरस्तरीय विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, टोल विकास समितिका संयोजक, रेसुङ्गा नगरपालिकाका विभिन्न शाखाका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...