निवृत्तिभरण अध्यादेश खारेजीको माग गर्दै शिक्षक आन्दोलित

Published on

काठमाडौँ । नेपाल शिक्षक महासङ्घ दाङले निवृत्तिभरण अध्यादेशलाई खारेजी गर्नुपर्ने र निवृत्तभरण सुविधा निरन्तर हुनुपर्नेसहित विभिन्न माग गर्दै आन्दोलनमा उत्रिएका छन् । शुक्रबार घोराहीमा भेला भएर बजार परिक्रमा गर्दै शिक्षा विकास तथा समन्वय एकाइ दाङका प्रमुखलाई ३४ बुँदे ज्ञापन पत्र बुझाएको महासङ्घका अध्यक्ष युवराज बस्नेतलाई जानकारी दिनुभयो । उहाँले दाङसहित देशभरका शिक्षक महासंङ्ले आन्दोलनमा उत्रिएका जानकारी दिनुभयो । “हामीले विद्यालयको सम्पत्तिको संरक्षणदेखि शैक्षिक प्रशासनमा शिक्षकहरुको सहभागिता सुनिश्चितको माग गरिरहेका छौं”, उहाँले भन्नुभयो, “शिक्षक अस्पतालसँगै शिक्षकहरुलाई ज्येष्ठताको आधारमा बढुवा हुनुपर्नेसहित ३४ बुँदे माग गरेका छौं ।” यस्तै उहाँले प्राथमिक तहमा कक्षागत र मथिल्लो तहमा विषयगत दरबन्दीको व्यवस्था गरिनुपर्ने बताउनुभयो । उहाँले यो आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने जानकारी दिनुभयो ।

ताजा समाचार

नागरिकताका लागि भौँतारिँदै सोभिता जन्मदर्ता नहुँदा शिक्षाबाट वञ्चित

काठमाडौँ । सप्तरीको विष्णुपुर गाउँपालिका–४ स्थित कनकट्टा निवासी ३० वर्षीय सोभिताकुमारी सदाको राजविराज नगरपालिका–११...

नागरिकता प्रमाणपत्र नभएकाले सामाजिक सुरक्षा भत्ता पाउँदैनन् : मन्त्री सुडी

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नागरिकता प्रमाणपत्र नभएकाहरुले सामाजिक...

धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्नु हुँदैन: लेखक

गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने...

भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण

काठमाडौँ । बनेपा नगरपालिकाको ऐतिहासिक सहर नालास्थित भुइँचालो डाडाँमा ३० फिट अग्लो बुद्धको प्रतिमा...