कुम्भमेला गएका शिक्षकको दुर्घटनामा मृत्यु

Published on

काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोल निवासी पूर्व शिक्षक विन्देश्वर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । भारतको प्रयागराजमा जारी महाकुम्भ स्नानका लागि भैरहवा हुँदै भारततर्फ जाने क्रममा भारतीय भूमिमा गाडी दुर्घटनामा परेर सिंहको मृत्यु भएको हो । सिंह ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयको पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो ।

ब्रह्मपुरी गाउँपालिकाको नोकेल्वा पुरानो घर रहेको सिंह परिवार केही वर्षदेखि बयलवासस्थित पोखरी टोलमा बसोबास गर्दै आएको थियो । सिंह श्रीमतीसँगै अन्य आठ जनासहित कुम्भमेलाका लागि दुुई दिनअघि भैरहवा नाका हुँदै भारततर्फ लाग्नुभएको थियो । सवारी दुर्घटनामा उहाँको मृत्यु भए पनि अन्य व्यक्ति सकुशल नै रहेका जानकारी आएको पारिवारिक स्रोतले जनाएको छ । सिंहको शव घर ल्याउने पहल भइरहेको बुझिएको छ । ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले पूर्व प्रधानाध्यापक सिंहको निधनमा दुःख व्यक्त गर्दै नगरले एक बौद्धिक व्यक्ति गुमाएको उल्लेख गर्नुभएको छ । सर्लाहीबाट अहिले पनि ठुलो सङ्ख्यामा मानिसहरू महाकुम्भ स्नानका लागि जाने–आउने क्रम जारी नै रहेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...