कुम्भमेला गएका शिक्षकको दुर्घटनामा मृत्यु

Published on

काठमाडौँ । सर्लाहीको ईश्वरपुर नगरपालिका–७, पोखरी टोल निवासी पूर्व शिक्षक विन्देश्वर सिंहको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । भारतको प्रयागराजमा जारी महाकुम्भ स्नानका लागि भैरहवा हुँदै भारततर्फ जाने क्रममा भारतीय भूमिमा गाडी दुर्घटनामा परेर सिंहको मृत्यु भएको हो । सिंह ईश्वरपुर नगरपालिका–३, भक्तिपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयको पूर्व प्रधानाध्यापक हुनुहुन्थ्यो ।

ब्रह्मपुरी गाउँपालिकाको नोकेल्वा पुरानो घर रहेको सिंह परिवार केही वर्षदेखि बयलवासस्थित पोखरी टोलमा बसोबास गर्दै आएको थियो । सिंह श्रीमतीसँगै अन्य आठ जनासहित कुम्भमेलाका लागि दुुई दिनअघि भैरहवा नाका हुँदै भारततर्फ लाग्नुभएको थियो । सवारी दुर्घटनामा उहाँको मृत्यु भए पनि अन्य व्यक्ति सकुशल नै रहेका जानकारी आएको पारिवारिक स्रोतले जनाएको छ । सिंहको शव घर ल्याउने पहल भइरहेको बुझिएको छ । ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले पूर्व प्रधानाध्यापक सिंहको निधनमा दुःख व्यक्त गर्दै नगरले एक बौद्धिक व्यक्ति गुमाएको उल्लेख गर्नुभएको छ । सर्लाहीबाट अहिले पनि ठुलो सङ्ख्यामा मानिसहरू महाकुम्भ स्नानका लागि जाने–आउने क्रम जारी नै रहेको छ ।

ताजा समाचार

प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसको पूर्ण...

एसइईमा अनियमितता : दुई जना पक्राउ, निरीक्षक निष्कासित

काठमाडौँ । एसइईको मंलबार अनिवार्य विज्ञान विषयको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले छुट्टाछुट्टै केन्द्रबाट...

पहिलो अभ्यास खेलमा नेपाल यु–१९ विजयी

काठमाडौँ । भारतको दिल्ली यु–१९ विरुद्ध पहिलो अभ्यास खेलमा नेपाली युवा टोली विजयी भएको...

तीन महिनापछि भोजपुरमा उडान सुरु

काठमाडौँ । बन्द भएको तीन महिनापछि यहाँको भोजपुर नगरपालिका-१२ टक्सारस्थित विमानस्थलमा उडान सुरु भएको...